जुम्ला : कर्णाली प्रदेश स्तरीय अन्तर विद्यालय क्विक्सकप फुटबल प्रतियोगिताको उपाधि सैनिक महाविद्यालय सुर्खेतले हात पारेको छ।
आइतबार भएको खेलमा जुम्लाको चन्दननाथ नमुना माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै सैनिक महाविद्यालयले उपाधि रक्षा गरेको हो।
प्रतिनिधि सभाका सांसद गजेन्द्रबहादुर महतले जुम्लामा भएको फुटबल प्रतियोगिताले कर्णाली सरकारले लिएको पर्याटन वर्ष २०२० को लक्ष्यमा सहयोग गर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।