समाज

गोपालदास पत्रकारिता पुरकार गोविन्दबहादुर थापालाई
SHARES

असोज ६, २०७६

    काठमाडौं  : गोपालदास पत्रकारिता पुरस्कार पत्रकार गोविन्दबहादुर थापालाई प्रदान गरिने भएकाे छ।  प्रेस काउन्सिल नेपालले ५० औ वार्षिक उत्सवको अवसरमा १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार थापालाई प्रदान गरिने भएको छ। 

    त्यस्तै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार सुरेश आचार्यलाई प्रदान गर्ने निर्णय भएको छ। ५० हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार बाँकेको दैनिक नेपालगञ्जलाई, २० हजार राशीको भाषागत पत्रकारिता पुरस्कार सुनसरीका मो हसन मियालाई र २० हजार राशीकै साहित्यिक पत्रकारिता पुरस्कार अन्तर्बोध साहित्यिक त्रैमासिकलाई प्रदान गरिने भएको छ। 

    त्यस्तै २० हजार रुपैयाँ राशीको क्रियाशील पत्रकारिता पुरस्कार गोरखाका नेपालभूषण न्यौपाने, मोरङका शिवबहादुर कार्की, यज्ञप्रसाद शर्मा, धादिङका सीतारामप्रसाद बर्मा, कञ्चनपुरका हरि जोशी, धनुषाका बालकृष्णप्रसाद, खोटाङका शंकर कार्की, दैलेखका विष्णुप्रसाद शर्मा र सुनसरीका विश्वमणि सुवेदीलाई प्रदान गर्ने निर्णय भएको  प्रेस काउन्सिल नेपालले जनाएको छ। 

    त्यस्तै १५ हजार रुपैयाँ राशीको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारका लागि काठमाडौंकी मीना तिवारी घिमिरे, रुकुमका अजयदीप शर्मा, सुनसरीका अमर खड्का, कपिलवस्तुका डिलाराम भुसाल, कपिलवस्तुका करुण अर्याल, इलामका विधान श्रेष्ठ, सुनसरीकी निलिफा सुब्बा, काठमाडौंकी मन्जिमा ढकाल, कैलालीका सोमबहादुर थापा र धनुषाकी रिङ्कु मिश्रलाई प्रदान गरिने भएको छ। 

    प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार सविता बानियाँ र हर्कबहादुर श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको काउन्सिलले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]