|

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्वागत गरेका छन्।

टेक्सासमा बस्दै आएका भारतीय मुलका व्यक्तिहरुलाई सम्बोधन गर्ने ‘हाउडी मोदी’ शीर्षकको कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीलाई स्वागत गर्दै आत्मीय व्यवहार प्रदर्शन गरेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन्। 

५० हजार भन्दा बढी मानिस सहभागी भएको हाउडी मोदी कार्यक्रमलाई राष्ट्रपति ट्रम्पले एउटा ऐतिहासिक कार्यक्रमको संज्ञा दिए। अमेरिकामा कुनै विदेशी नेताका लागि भएको यो कार्यक्रम यसप्रकारको संसारकै ठूलो कार्यक्रमका रुपमा स्थापित भएको अधिकारीहरुले जनाएका छन्। ९० मिनेट चलेको कार्यक्रममा प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्प स्टेज चढ्नुअघि करिब ४ सय कलाकारले सामूहिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीप्रति भारतीय मुलका नागरिकले देखाएका आत्मीय र सम्मानपूर्ण व्यवहारले आफू तरंगित भएको अभिव्यक्ति दिए। त्यस्तै मोदीले ट्रम्पलाई आफ्नो एउटा सच्चा साथीको संज्ञा दिँदै, आत्मीय तथा उर्जावान व्यवहारले आफू निकै गौरवान्वित भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.