|

काठमाडौंः सोमबार चाँदीको मूल्य बढेको छ। तर, सुनको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी ८७५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार र आइतबार चाँदी प्रतितोला ८६० मा कारोबार भएको थियो। त्यसैगरी शुक्रबार, आइतबार र सोमबार छापावाल सुन प्रतितोला  ७१ हजार ३०० रुपैयाँमा  कारोबार भएको छ। यस्तै‚ तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.