|

काठमाडौं : दसैँमा घर आउँदा नेपालीले लिएर आउने भारतीय नोट नेपाल सरकारको टाउको दुखाइको विषय बनेको छ। 

नेपालले भारतका २ सय, ५ सय, एक हजार र दुई हजार रुपैयाँका नोट चलाउन प्रतिबन्ध लगाएको छ। तिनै नोटले फेरि समस्यामा पार्न सक्ने चिन्ता संसदको राज्य व्यवस्था समितिमा गृहसचिव प्रेमकुमार राईले जनाएका हुन्। 

‘दसैँमा भारतबाट आउने नेपालीहरुले साथमा हजार ५ सय भन्दामाथिका नोट लिएर आउँछन्’, उनले भने, ‘नेपालमा ती प्रतिबिन्धत छन्। उता चलेको छ। यता सयसम्म्का नोटमात्रै चालू छन्। यसले अर्को समस्या ल्याउने देखिन्छ।’

राईले यो समस्या समाधानका लागि अर्थमन्त्रालय र राष्ट्रबैंकलाई भन्नुपर्ने उल्लेख गरे। ‘बिगतका अर्बौँ रुपैयाँ सटही भएको छैन’, उनले भने, ‘के गर्ने हो यसले नेपाली मारमा परेका छन्। फेरि अफ्ठ्यारो अवस्था नआओस्।’

सीमामा थप हेल्प डेस्क

बैठकमै बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले चाडपर्व मनाउन भारतको स्थलमार्ग हुँदै आउने नेपालीका लागि सिमानमा थप हेल्प डेस्क राखिने जानकारी दिए।

उनले नेपालीहरुलाई अफ्ठ्यारो पर्न नदिन सीमामा विशेष निगरानी गरिने जानकारी दिए। 

‘भारतबाट भित्रिने स्थल सवारी साधनमा आउने नेपालीका लागि थप सहायता कक्ष राख्छौँ’, उनले भने, ‘मुख्य राजमार्गहरुमा स्वास्थ्य जाँच टोली, उद्दार टोलीको पनि व्यवस्था गर्छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.