८५ पुगेकाले ५०० मै चढ्न पाउने
८५ पुगेकाले ५०० मै चढ्न पाउने
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईद्वारा प्रस्तुत वार्षिक कार्ययोजना अनुसार श्री एयरलाइन्सले पनि ज्येष्ठ नागरिकका लागि छुट योजना लागु गरेको छ।
श्रीले असोज १२ गते घटस्थापनाका दिनदेखि लागु हुने गरि ७५ वर्ष भन्दा माथिका नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो । त्यसैगरी श्रीले ८५ वर्षमाथि नागरिकका लागि जुनसुकै रुटमा पनि केबल ५०० रुपैयाँमै हवाई यात्रा गराउने भएको छ।
यसअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले ७० वर्ष भन्दामाथिका नागरिकका लागि हवाई भाडामा ५० प्रतिशत छुटको घोषणा गरेको थियो।
मन्त्री योगेश भट्टराईले गत भदौ ९ गते आफ्ना १ सय ४१ बुँदे कार्ययोजना सावर्जनिक गर्ने क्रममा ज्येष्ठ नागरिकका लागि हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए।
७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवार्ई भाडामा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी कार्यान्वयनमा ल्याउने उनले जनाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।