मन्त्री भन्छन् : कर्मचारीले सुविधा मात्रै हैरान बनाए

|

काठमाडौं : सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताए।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो जानकारी दिएका हुन्। 'लगानी गरिएको छ तर फल आएन', उनले भने, 'त्यहीकारण निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्‍न लागिएको हो।'

मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। उनले सेवा-सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो गरे। 

निजामती कर्मचारीहरुको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने मन्त्री पण्डितले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.