प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

खेलकुद

फाल्गुनन्द गोल्डकप : डिफेन्डिङ च्याम्पियन कर्णसिं फाइनलमा
SHARES

पुस २२, २०७३

    पाँचथर : डिफेन्डिङ च्याम्पियन कर्णसिं सोनाम स्मृति क्लब, ताप्लेजुङ ८ औँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

    पाँचथरको फिदिममा जारी प्रतियोगिताको सेमिफाइनलमा एलेभेन एरोज दुहवी सुनसरीलाई १-० ले हराएर कर्णसिंले फाइनल यात्रा गरेको हो। कर्णसिंबाट खेलको ३१ औं मिनेटमा सेगनले निर्णायक गोल गरेका थिए। फाइनलमा कर्णसिंले उपाधि रक्षाका लागि युनाइटेड क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ। 

    प्रतियोगिताको विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। फिदिम स्पोर्टिङ क्लबले प्रत्येक वर्ष १६ औँ राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको स्मृतिमा गोल्डकप आयोजना गर्दै आएको छ। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]