|

दमक : नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दमक मातहतमा रहेको झापाको शिवसतासीस्थित झिलझिलेमा रहेको फ्यूज सेवाको कार्यालय जीर्ण बनेको छ। 
शिवसताक्षी ७ मा करिब एक दशक अघि निर्माण भएको  विद्युतको एक तेले पक्कि फ्यूज सेवा कार्यालय रेख–देखको अभावमा जीर्ण बनेको हो। 

तीनवटा कोठे भवन रहेको कार्यालयले नियमित सेवा नदिएपछि भवनका सम्पूर्ण संरचना जीर्ण बन्दै गएको स्थानीयको भनाइ छ। स्थानीय सुरज रिङालुङ राई भन्छन्,‘भवन निर्वाध रुपमा सञ्चालन हुन नपाउँदै जीर्ण बन्यो, फ्यूज सेवाको अवस्था यस्तो हुनु भन्दा पहिला नै हामीले प्राधिकरणलाई जानकारी दिएको हो। तर वास्ता गरेनन्।’

फ्यूज सेवाको  भवन पूनसञ्चालन गर्न आवश्यक पहल भैरहेको प्रााधिकरणको दमक वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले बताए। प्राधिकरणको दमक वितरण केन्द्र अन्तर्गत यस क्षेत्रमा विभिन्न १० स्थानमा यस्ता फ्यूज सेवा सञ्चालनमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.