|

धनगढी : सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रहरीको लागि हस्तान्तरण गरेको छ। 

आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणिप्रसाद लम्साललाई नौ वटा गाडीको साचो हस्तान्तरण गरे। मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजारका नौँ गाडि खरिद गरेको थियो। प्रतिगाडी ३६ लाख ९९ हजारका दरले गाडी खरिद गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ। 

गाडी खरिद गरेको झण्डै अढाइ महिना पछि प्रदेश सरकारले प्रहरीलाई गाडी हस्तान्तरण गरेको हो। प्रदेश प्रहरीको लागि भनेर खरिद गरिएको गाडी प्रदेश प्रहरी गठन हुन ढिलाइ हुने भएपछि नौ वटै जिल्लामा हस्तानतरण गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए। 

प्रदेशका सबै जिल्लाहरुमा प्रहरीको लागि सवारी साधन अभाव भइरहेका बेला प्रदेश सरकारले वितरण गरेको गाडीले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहज हुने अपेक्षा गरिएको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.