|

धनुषा : जनकपुरको रामानन्द चोकबाट चोरीको सामानसहित एक व्यक्ति पक्राउ परेका छन्। धनुषाको जनकपुर उप–महानगरपालिका वडा नं. ८ मा रहेको एस.एम.एस.मोबाइल सेन्टरबाट बिहीबार राति मोबाइल र ल्यापटप चोरी भएको थियो। 

जनकपुरको रामानन्द चोकमा सरोज मिश्रले सञ्चालन गरेको मोबाइल पसलबाट बिहीबार राति अन्दाजी १ बजेको समयमा चोरी भएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको घुमुवा टोलीले चोरी गरेर भाग्दै गरेको अवस्थामा दुर्गेश गोइतलाई पक्राउ गरेको थियो। उनलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

पक्राउ परेका गोइतको साथबाट पसलबाट चोरी भएको १३ थान मोबाइल सेट, १ थान ल्यापटप, ५ थान पावर बैंक, लगायत अन्दाजी ४ लाख रूपैयाँ बराबरको सामान बरामद भएको प्रहरी नायब उपरीक्षक लिलामणि आचार्यले जानकारी दिए। गोइतलाई शुक्रबार नै चोरी मुदामा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.