|

बारा : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेको बाराको जीतपुरसिमरा–१६ टांगियाबस्ती विमानस्थल शिलान्यासअघि नै बस्ती स्थान्तरण गर्न सरोकार समितिले सरकारसँग माग गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंसिरमा विमानस्थल शिलान्यास गर्ने घोषणा गरेका छन्। विमानस्थलको मुख्य धावन मार्ग प्रस्ताव गरिएको टांगियाबस्तीमा १४७६ परिवार छ। बस्ती स्थानन्तरण गर्ने योजना नल्याई विमानस्थल शिलान्यास गर्ने सरकारले योजना बनाएपछि टांगियाबस्ती सरोकार समितिले बुधबार टांगियाबस्तीमा पत्रकार सम्मेलन आयोजना गरेर शिलान्यासअघि नै बस्ती स्थान्तरण गर्नुपर्ने माग गरेको छ।

टांगिया सरोकार समितिका अध्यक्ष रमेश कुमार सापकोटाले सरकारले बस्ती स्थान्तरणको बारेमा ध्यान नपुर्‍याएको गुनासो गरे। ‘आजसम्म मन्त्रीज्यूले टांगियाबस्तीलाई कहाँ, कसरी, कहिले स्थान्तरण गरिने भन्ने टुंगो लगाउनुभएको छैन,’ अध्यक्ष सापकोटाले भने–राज्यले टांगिाबस्तीको बारेमा चाँडोभन्दा चाँडो उचित व्यवस्थापन गरि शिलान्यास गराउने काममा लाग्नु पर्नेछ।’

विमानस्थल परियोजनालाई उपमहानगरको प्रस्ताव 

बस्ती स्थान्तरणका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले विमानस्थल आयोजनालाई प्रस्ताव पेश गरेको छ। वडा कार्यालयले निर्णय गरेर कार्यपालिकामा छलफल गरेर आयोजनामार्फत सरकारलाई प्रस्ताव पेश गरेको जीतपुरसिमरा उपमहानगरपालिका–१६ का वडा अध्यक्ष केदारनाथ बजगाईले जानकारी दिए।

जीतपुरसिमराको लामिडाँडा, कतर्वा र कोल्हवी नगरपालिकाको जडिबुटी क्षेत्रमा बस्ती स्थान्तरण गर्न सिफारिस गरिएको छ। स्थानीय सरकारको सिफारिसका आधारमा उपयूक्त स्थानमा बस्ती स्थान्तरण गरिने आयोजना प्रमुख ओम शर्माले बताए।

कोल्हवी नगरपालीकाको वडा ३ जताहा, जौरा भन्ने स्थानमा पर्ने नेपाल सरकारको जडिबुटी प्रशोधन केन्द्रको २ सय बिघा आवादी जग्गा क्षेत्रफलमा सारिने यसै साताभित्र निर्णय हुने आयोजनाका प्रमुख ओम शर्माले बताए। 

यस्तो माग

टांगियाबस्ती सरोकार समितिले २ विगाहा जमिन, एक घर एक रोजगारी, बस्ती सार्ने खर्च र राशनको व्यवस्था गर्ने पर्ने माग अघि सारेको छ। ‘हाम्रा मागहरूका विषयमा सरकारसँग छलफल गर्न तयार छौँ,’ सरोकार समितिका सुमन थोकरले भने 'हामी विकास विरोधी होइनौँ, तर हाम्रो पनि त न्यायोचित व्यवस्थापन हुनुपर्‍यो।’

आन्दोलनको चेतावनी 

सरकारले माग पूरा गर्ने आन्दोलन गर्ने सरोकार समितिले चेतावनी दिएको छ। तीन ४ दशकदेखि बसोबास गर्दै आएका टांगियाबासी अभावमा बाच्दै आएका छन्। विमानस्थल बनाउने चर्चा चलेको २५ वर्ष पुगेको छ। सरकारी निकायले विमानस्थल बनाउने क्षेत्र भन्दै विकास निर्माणका रोक्दै आएको छ।

ऐलानी जमिनमा बस्दै आएका टांगियाबासी विमानस्थल बनाएर निकाश दिओस भन्ने चाहान्छन्। विमानस्थल निर्माण गर्दा बस्तीको उचित निकाशको प्रतिक्षामा रहेका टांगियाबासी अहिले पनि उचित व्यवस्थापन नभए आन्दोलनमा उत्रिने चेतावनी दिइरहेका छन्। हामी स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरेर बस्ती व्यवस्थापनको लागि पहल थालेका सरोकार समितिका अध्यक्ष सापकोटाले जानकारी दिए।

यस्तो सरकारी योजना

कोल्हवी नगरपालीकाको वडा ३ जताहा, जौरा भन्ने स्थानमा पर्ने नेपाल सरकारको जडिबुटी प्रशोधन केन्द्रको २ सय बिघा आवादी जग्गा क्षेत्रफलमा सारिने यसै साताभित्र निर्णय हुने आयोजनाका प्रमुख ओम शर्माले बताए। बाराको कोल्हवीस्थित नेपाल सरकारको स्वामित्वमा रहेको जडिबुटी प्रशोधन केन्द्रको १ हजार बिघा क्षेत्रफलमध्ये प्रयोगमा नआएको आवादी २ सय बिघा जग्गामा वस्ती सारिन लागेको र स्थानीय तहले समेत यसअघि सहमति जनाइसकेको छ।

सरकारले स्थानान्तरणका लागि २० करोड बजेट निकासा गरिसकेको र पुनर्वासको कार्य थालनीसँगै नपुग रकम तुरुन्तै सरकारले वितरण गर्ने भएको छ। वस्ती स्थानान्तरण गर्दा हाल बसोवास गरिरहेको घर मूल्यांकनका आधारमा १५ देखि २० लाखका दरले वितरण गरिने र स्थानान्तरण भएकाले प्राप्त गर्ने जग्गाको स्वामित्वसमेत सोही व्यक्तिलाई प्रदान गरिने आयोजनाले जनाएको छ।

स्थानान्तरण हुने कोल्हवीको जताह र जौरामा वस्तीलाई स्थापना गर्न न्यूनतम आधार सडक, बिजुली, पानी, विद्यालय, ढल, सरकारले स्थानीय तहसँग समन्वय गरेर बनाउने भएको छ। स्थानान्तरण हुने स्थानमा ६ प्रकारका घरको नक्सा आयोजनाले लागत अनुसारको उपलब्ध गराउने र सोहीअनुसार नगरपालिकाको मापदण्डभित्र रहेर उनीहरूले बनाउनुपर्ने छ।

नागरीक उड्यन मन्त्रालयलाई कोरियाली कम्पनी एलएमडब्लुले बुझाएको प्रतिवेदनअनुसार विमानस्थल निर्माण गर्न ११ हजार ८७ विगाहा जमिन अघिग्रहण गर्नु पर्नेछ। विमानस्थलका लागि करिब ८० वर्गकिलोमिटर भित्रको करिब ३ हजार हेक्टर क्षेत्रफल जमिन अधिग्रहण गर्नुपर्ने आवश्यकता देखाइएको छ। त्यसमा आयोजनाले ११० विगाहा क्षेत्रफलमा रहेको कोल्हवी–८ को ककडी गाँउमा मुअव्जा वितरण गरेको छ।

पाँच वर्षमा विमानस्थल

शिल्यान्यासलगत्तै पाँच वर्षभित्रै विमानस्थल सञ्चालन गर्न सकिने गरी निर्माण थालिने भएको छ। कुल १ खर्ब १० अर्ब रुपैयाँ लगानीबाट एउटा धावनमार्ग र टर्मिनल भवन निर्माण सम्पन्न गरी पहिलो चरणको काम सकिने यसको लागि वार्षिक ३० अर्ब स्रोत व्यवस्थापन गर्दा पुग्ने आयोजना प्रमुख ओम शर्माले बताए।

निर्माण मोडालिटी, स्रोत व्यवस्थापन र वातावरणीय मुद्दा व्यवस्थापनका विकल्पहरू सहित केही समय अघि सार्वजनिक गरिएको अवधारणमा निर्माण थालिए पहिलो धावनमार्गमा टागिया वस्ती, बुट्यान र करीब १ दर्जनमात्र सालका रुख काटिने शर्माले बताए। सरकारलाई सघाउन वैकल्पिक र उत्तम उपायसहितको विकल्पमा गए आगामी पाँच वर्षभित्रै विमानस्थल सञ्चालन गर्न सकिने उनको दाबी छ।

शर्माले विमानस्थलको तीन धावनमार्ग बनाउँदा ७० प्रतिशत सालका रुख काट्नु नपर्ने उल्लेख गरेका छन्। उनका अनुसार, विमानस्थलको पूरै काम सकिदा कूल तीन लाख ३४ हजार रुख काट्नु पर्ने र त्यसमध्ये करिब ५९ हजार ५ सय वटा सालका रुख पर्नेछ। निजगढ विमानस्थल संचालनमा आइसक्दा पनि चार हजार हेक्टर वन क्षेत्र कायम रहने शर्माले बताए।

आयोजना प्रमुख शर्माका अनुसार, दोस्रो चरणको काम कूल तीन खर्ब ७० अर्ब लगानी गरेर १२ वर्षमा पुरा गर्न सकिन्छ। त्यसअवधिमा दोस्रो धावनमार्ग र टर्मिनल लगायतका संरचनाहरू निर्माण हुन्छ भने तेस्रो चरणको काम एक खर्ब २० अर्ब आन्तरिक लगानी जुटाएर सम्पन्न गर्न सकिने हिसाब शर्माले निकालेका छन्। तेस्रो चरणको काम सम्पन्न भइसक्दा पनि विमानस्थलको आधा हिस्सामा वन कायम रहन्छ उनले तयार पारेको ढाँचा सम्बन्धित सबै निकायमा पुर्‍याई सकिएको जनाएका छन।

यसरी बन्यो टांगियाबस्ती

टांगियाबस्तीमा वि.स. २०३१/०३२ सालदेखि बसोबास रहदै आएको छ। तत्कालीन पञ्चायत सरकारले सुरु गरेको बर्मेली बृक्षारोपण पद्धति हो–टांगिया। यो पद्धति अनुसार नेपालमा चारकोशे झाडिमा बनको बिकास गर्न बृक्षारोपण गरिएको थियो। बृक्षारोपण गर्ने र २ वर्ष सम्म कृषि र बन सँगसँगै गरि विरुवा हुर्काउन एउटा प्लट उपलब्ध गराईएको थियो।

एउटा प्लटमा विरुवा हुर्केपछि क्रमश : फेरि बस्ति अन्यत्र सारि सोहि प्रकृया अपनाउने र अन्त्यमा तत्कालिन सरकारले अर्काे ब्यवस्था नहुञ्जेलको लागि त्यो बस्ति बसाईएको थियो। पञ्चायत ढलेपछि नयाँ व्यवस्थामा त्यसलाई निरन्तरता दिईएन्। बस्ती बढ्दै जाने क्रममा तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा सेल्टरको रुपमा विकास भयो। २०७२ को स्थानीय तह निर्वाचनमा समेत माओवादीका उम्मेदवारले विजयी भए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.