|

काठमाडौं : केही दिनअघि काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशैभर आधारभूत रुपमा लोडसेडिङ अन्त्यको घोषणा गरे। काठमाडौं बाहिरका केही शहरमा केही घण्टा र उद्योगहरुमा दैनिक ४ घण्टा लोडसेडिङ भएपनि आधारभूत रुपमा लोडसेडिङ अन्त्य भएको उनको दावी छ।

गएको हप्ता मात्रै भारतबाट ४० मेगावाट विद्युत थप गरेको नेपाल विद्युत प्राधिकरणले कसरी आधारभूत रुपमा लोडसेडिङ अन्त्य गर्न सफल भयो? कति छ उत्पादन, कसरी गरिएको छ वितरण? के निजी क्षेत्रले भनेजस्तै नेपाल उत्पादन गरिएको विजुलीको बजार छैन त? अबका नेपाल विद्युत प्राधिकरणका योजना के हुन्? यी विषयमा घिसिङले प्रष्ट पार्ने कोशिस गरेका छन्। 

आधारभूतमा लोडसेडिङ अन्त्य

तिहारपछि लोडसेडिङ अन्त्य भयो भनिएको छ तर विद्युत प्राधिकरणले तिहार सुरु हुनु अगाबै काठमाडौंमा लोडसेडिङ गरेका थिएनौ।  अब यो अवस्था (लोडसेडिङ नहुने) निरन्तरता हुन्छ भनेर हामीले त्यो बेला भन्दा आम–उपभोक्ताबाट विश्‍वास गर्ने अवस्था समेत थिएन र हामीले यसलाई खासै प्रचार गर्न पनि खोजेनौं।

तर, हामी प्लान बनाएर काम गर्न लाग्यौं। हामीले कम्तीमा देशभरका सर्वसाधारण आएर बसेको काठमाडौंमा पहिलो फेजमा लोडसेडिङ अन्त्य गर्न लाग्यौं र सम्भव पनि भयो। यसमा हामीले विद्युतको व्यवस्थापन र वितरण प्रणाली सुधार गर्‍यौं। अहिले काठमाडौं उपत्यका र काभ्रेमा मात्रै होइन १५/२० दिनदेखि पोखरामा समेत लोडसेडिङ छैन। पूर्वाञ्चलमा पनि खासै लोडसेडिङ छैन। बेलुकाको पिक टाइममा त लोडसेडिङ छदै छैन। कहिलेकाँही बिहानमा केही समय जाने गरेको छ। बुटवलदेखि पश्‍चिममा पनि बेलुका पिक आवरमा जाने गरेता पनि सामान्यतया लोडसेडिङ छैन। औद्योगिक क्षेत्रमा ४ घण्टा छोडेर अहिले आधारभूत रुपमा अन्त्य भएको छ। 

उज्यालो बनाउन बल

नेपाल विद्युत प्राधिकरणले अहिले जुन सफलता हासिल गरेको छ यो मेरो एकल प्रयास हैन। चौतर्फी सहयोग पुगेकै कारण यो परिणाम निकाल्न सकिएको हो।प्राधिकरणका कर्मचारीहरुको अथाह मेहनत, जनताबाट पाएको सहयोग, उद्योगी व्यवसायीले दिएको सहयोग र उर्जामन्त्री र सरकारको साथको कारण परिणाम निकाल्न सपोर्ट पुगेको हो। विद्युत उत्पादन र आयात नबढाई काठमाडौं लगायतका क्षेत्रमा लोडसेडिङ कसरी अन्त्य गर्न सफल भयो भन्ने जिज्ञासा रहन सक्छ, स्वभाविक पनि हो।

वितरण प्रणालीमा सुधार, कुन सयमा कहाँ कति चाहिन्छ भन्ने विषयको पहिचान, आबश्यकता अनुसारको स्वीचीङ गरिएको छ।

वितरण प्रणालीमा सुधार, कुन समयमा कहाँ कति चाहिन्छ भन्ने विषयको पहिचान, आवश्यकता अनुसारको स्विचिङ गरिएको छ। महत्वपूर्ण कुरा उद्योगहरुमा वितरण भइरहेको विजुलीलाई समानुपातिक रुपमा वितरण गरिएको छ। अहिले पनि कुनै पनि उद्योगमा चार घण्टा भन्दा बढी बत्ती गयो भने भन्न सक्नुहुन्छ। त्यो पनि हामीले निरन्तर २० घण्टा विजुली दिएका छौं।

कालीगण्डकी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दीजस्ता ठूला आयोजनालाई पूर्ण क्षमतामा चलाइएको छ। अहिलेसम्म हाम्रो प्लाण्टहरुको पिकिङ अपरेसन (पूर्ण क्षमताको उपयोग) भएको थिएन। यी आयोजनाको पूर्ण क्षमताको उपयोग यसपाली भएको छ। त्यसकारण पनि लोडसेडिङ अन्त्य गर्न सहज भएको छ।

गलत प्रचार

काठमाडौंमा बत्ती जान छोडेपछि बिभिन्न किसिमबाट प्रचार बाजी पनि गरिए। यो इस्युलाई डाइभर्ट पनि गर्न खोजियो। कतिले हामीलाई अन्य स्थानमा लोडसेडिङ बढाएर काठमाडौंबासीलाई बत्ती दियो पनि भने। कतिले आयात बढाएको कारण मात्रै लोडसेडिङ अन्त्य गरियो समेत भनेर पनि प्रचार गरे। यी कुनै कुरा तथ्यसंगत थिएनन्।

अहिले सम्म भारतबाट ३४० मेगावाट विद्युत आयत भएको छ। यहाँ प्रचार साढे ६ सय मेगावाट विद्युत आयत भयो भनेर गरिएको छ। महंगोमा विजुली किनीयो भनिएको छ। यो पनि सत्य कुरा होइन

तिहारपछि हामी लोडसेडिङको तालीका निकाल्न छाड्यौं। विद्युत आयातको कारण मात्रै लोडसेडिङ अन्त्य भएको होइन। काठमाडौंमा त आयातित विद्युत प्रयोग गर्न मिल्ने सिस्टम नै मिलिसकेको छैन। म आएपछि केही दिनअघि मात्रै हामीले ४० मेगावाट विद्युत थप गरेका छौं। यो हाम्रो बाध्यता हो।

तर अहिलेसम्म भारतबाट ३४० मेगावाट विद्युत मात्र आयात भएको छ। यहाँ प्रचार साढे ६ सय मेगावाट विद्युत आयत भयो भनेर गरिएको छ। महंगोमा विजुली किनियो भनिएको छ। यो पनि सत्य कुरा होइन बरु हामीले पहिले किन्ने दर भन्दा कम मूल्यमा विजुली किनेका छौं। अहिले ३.४४ र ३.५५ भारुमा विद्युत आयात गरेका छौं। यो विजुली पनि पिक टाइममा प्रयोग गरिन्छ। यसलाई महङ्गो भन्न मिल्दैन।

उद्योगी व्यवसायीहरुले समेत गलत प्रचार गरिरहेको पाइएको छ। एक थरी उद्योगीहरुले गत वर्षको भन्दा पनि बढी लोडसेडिङ भएको बताउनुभयो। मेरोमा डेलिगेसनसम्म आउनु भयो। मैले सबै प्रमुखहरुलाई तत्काल बुझेँ र मेरै कक्षमा बोलाए। तर कोही पनि यस्तो भएको पाइएन, अनि उहाँहरुले पुन बुझ्नु भयो र हामीले गलत बुझेका रहेछौं भन्नुभयो। यस्तो रङ इन्फरमेसन दिएर जनतालाई भ्रमित पार्ने काम गर्नु भएन। 

चार घण्टा उद्योगीले विजुली लैजादैनन्
हिजोआज हामीले उद्योगलाई निरन्तर २० घण्टा विजुली दिने गरेका छौं। बेलुका साढे आठ बजेदेखि अर्को दिन साढे चारबजेसम्म निरन्तर उद्योगलाई विजुली दिइन्छ। तर यहाँ उद्योगीले चार घण्टा जति विजुली प्रयोग नगरिएको पाइयो। हामी उद्योगलाई साढे ८ बजे ठ्याक्कै विजुली दिन्छौं तर उद्योगहरुले राति साढे ११ बजे छि मात्रै विजुली प्रयोग गर्नुहुदो रहेछ। किन प्रयोग गरिएको छैन भनेर हामीले बुझ्न समेत खोज्यौं। पछि थाहा भयो ११ बजेसम्म पिक आवरको टाइम रहेछ। त्यो समयको विजुली अल्ली महंगो छ। त्यसैले उहाँहरुले ११ बजेपछि विजुली प्रयोग गर्नु हुदो रहेछ। त्यसैले हामीलाई बेलुकाको पिक भन्दा पनि बिहानको पिक व्यवस्थापन गर्न समस्या भएको छ।

यो लोडसेडिङ होइन

कहिलेकाहीँ एक घण्टा, कहिले दुई चार घण्टा र कहिले १५/२० मिनेट बत्ती गयो भनेर गुनासो आउने गरेको छ। बत्ती गयो भने लोडसेडिङ भइहाल्यो अब सुरु भयो भनेर उपभोक्ता आतिएको पनि पाइएको छ। तर, यो विद्युतको कारण भन्दा पनि प्राविधिक कारणले लोडसेडिङ भएको हो। पूर्वाधार कमजोर छ, हाइभोल्टेजको कारण ट्रान्सफर्मर पड्किएका छन्। जति सक्यो छिटो हामी समाधानको गर्ने प्रयास गरिरहेका छौं।

के हुन्छ भने ढल्केवारको सप्लाई हामी ३ रुपैया ६० पैसामा छ। ५ रुपैयान ४४ पैसा पर्छ। कटैयानको सप्लाइ करिब ५ रुपैया ५५/६० पैसा पर्छ। भन्नुको मतलव करी १० रुपैया पर्छ हामी के गर्छौ भने एक चाहिने बेलामा मात्रै कैटैया पट्टी चाहि बढी यो लोड घटाउछौं।

अहिले हामी विराटनगर क्षेत्रमा विजुली कहिले कटैयाबाट लिन्छौ, कहिले ढल्केवारबाट। ढल्केवरको विजुलीको मूल्य प्रतियुनिट ३ रुपैया ६० पैसा भारतीय अर्थात नेपाली ५ रुपैयाँ ४४ पैसा पर्छ। कटैयाको विजुली ५ रुपैया ५५/६० पैसा अर्थात नेपाली १० रुपैयाँ जति पर्छ। हामी के गर्छौ भने ढल्केवरको सप्लाइले पुगेसम्म कटैयाको विजुली लिँदैनौं। 

विद्युतको बजार नेपालमै छ

अहिले हामी आधारभूत रुपमा लोडसेडिङ अन्त्य गरेका छौं, यो भनेको अब हामीलाई विद्युत चाहिदैन भनेको होइन क्राइसेस म्यानेजमेन्ट मात्रै हो।

लोडसेडिङ अन्त्य भयो अब के गर्ने भन्ने जस्तो पनि देखिन्छ। आइपीपी (स्वदेशी उत्पादक) का पावर पलान्ट के गर्ने, ३ हजारको पीपीए भइसकेको छ, ३/४ हजार पीपीए हुने चरणमा छन् यो विजुली के गर्ने भन्ने प्रश्‍न पनि उठेको देखिएको छ। तर मेरो विचारमा अहिले यो चिन्ता गर्नुपर्ने आवश्यकता छैन। सयौं गुणा बढी विजुली हामी नेपालमै खपत गर्न सक्छौं।हामी अब जति सक्यो डिमान्ड बढाउने तर्फ लाग्नुपर्‍यो। खाना पकाउने ग्यासलाई रिप्लेस गर्दा मात्रै हजार मेगावाट भन्दा बढी खपत बढ्छ, अहिलेको सप्लाई साइड त मात्रै क्राइसिस म्यानेजमेन्ट हो ठूलो डिमान्ड र धेरै सप्लाई गर्न सकिन्छ।

केही दिन अघि विराटनगर जादा मैले त्यहाँ यति धेरै उद्योगहरु खोल्न खोजिएको पाए। अहिले तत्काल खोल्न लागेका उद्योगहरुले मात्रै विराटनगरमा सय मेगावाटसम्म विद्युत खपत गर्छन्।  अब हाम्रो ध्यान पूर्वाधार बनाउने तर्फ लाग्नुपर्छ।

भोलिका दिनमा काठमाडौंमा मात्रै ३/४ हजार विद्युतको डिमान्ड हुन्छ। ३०/४० प्रतिशत जनता त अहिले विद्युतको पहुचमा पुगेकै छैनन।

अहिले जनताले सहयोग गरेको कारण मात्रै हामीले क्राइसिस म्यानेजमेन्ट गर्न सकेका हौं। भोलिका दिनमा विद्युतको खपत बढाउन जनतालाई इन्डक्सन चुलो लगायतका विद्युतीय सामाग्रीको आवश्यकता पर्ला। अहिले काठमाडौंलाई हामी ४ सय मेगावाट भन्दा बढी विद्युत म्यानेज गर्न सक्दैनौं भोलिका दिनमा काठमाडौंमा मात्रै ३/४ हजार विद्युतको डिमान्ड हुन्छ। ३०/४० प्रतिशत जनता त अहिले विद्युतको पहुचमा पुगेकै छैनन्। यसो गर्दा अहिलेलाई विद्युत कहाँ बेच्ने हो भनेर पिर मान्नुपर्ने अवस्था छैन, उत्पादन बृद्धि गर्नु नै आवश्‍यकता हो।

अब आयातको भर पर्नु पर्ने छैन

अहिले हामीले भारतबाट ३४० मेगावाट विद्युत आयत गरेका छौं। अब थप ४० मेगावाट विद्युत आयात गर्ने योजना छ। अधिकतम आयात भनेकै यति हो।

अबको करिव ६ महिना पछि हाम्रै उत्पादनले धान्ने छ। पुन ड्राइसिजन लाग्दा सम्म हाम्रो उत्पादन केही बढ्न सक्ने देखिन्छ। एक/डेढ वर्षमा तामाकोशी आएसँगै त हामीलाई कसैको भर पर्नु पर्दैन।

अहिले हामीले विजुली आयातका लागि भारतसँग एकदमै छोटो समयको मात्सर सम्झौता गरेका छौं। आगामी मे सम्मको मात्रै सम्झौता छ। करिब १३ सय मेगावाट अहिलेको डिमान्ड र हाम्रो सप्लाईको स्थिति हो। अहिले हाम्रो उत्पादन क्षमता नौ सय मेगावाट भन्दा बढी भइसकेको छ। वास्तवमै भन्ने हो भने स्वदेशी उर्जा उत्पादकहरु प्रोत्साहित भइरहनुभएको छ। चालु आर्थिक वर्षको पहिलो ५ महिनामा नै लगभग सय मेगावाट निजी क्षेत्रको तर्फबाट उत्पादन भइसकेको छ। 

निजी क्षेत्रबाट चार सय मेगावाट भन्दा बढी विजुली उत्पादन भइसकेको छ र नेपाल विद्युत प्राधिकरणको चारसय ५० को हाराहारीमा छ। यो गर्दा ९२० हाराहारीमा विद्युत उत्पादन भइरहेको छ। सुख्खायाममा भने ४०० मेगावाटको मात्रै उत्पादन हुन्छ। अहिले पिक टाइममा धेरै विजुली आवश्यकता परेपनि औसतमा साढे दुई सय देखि ३ सय मेगावाट मात्र सप्लाइ हुन्छ। त्यसैले सुख्खायामको आवश्यकता धान्न विजुली आयात गरिएको हो।

वर्षायाममा करिब हाम्रै उत्पादनले हामीलाइ पुग्ने छ त्यसैले भारतसँग छोटो समयको मात्र सम्झौता गरेका हौं। ६ महिनापछि हाम्रै उत्पादनले माग धान्नेछ। त्पुयसपछि फेरि सुख्खायाममा हाम्रो उत्पादन केही बढ्न सक्ने देखिन्छ। एक/डेढ वर्षमा तामाकोशी आएसँगै त हामीलाई कसैको भर पर्नु पर्दैन। अहिले हामीले आयात व्यवस्थापन गर्न सक्नु पनि ठूलो कुरा हो। अहिले हामीले भारतबाट आयात गर्न तयार पारेको पूर्वाधार भोलिका दिनमा निर्यात गर्न पनि काम लाग्छ।दुई महिना म्यासिभ रुपमा काम गरेको कारण अहिले हामी भारतबाट ४० मेगावाट विद्युत थप्न सफल भएका हौँ।

पूर्वाधार विकासका काम

अहिले हामी हेटौंडा कुलेखानी मातातीर्थ प्रसारण लाइनको काम सकिएको छ। हेटौंडा (कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुनेले काठमाडौंमा विजुली व्यवस्थापनमा सहयोग पुग्ने छ। अहिलै काठमाडौंमा कालिगण्डकीको विजुली ल्याउन पनि हामी सक्दैनौ।

यो बनेसँगै कालीगण्डकीको विजुली काठमाडौं ल्याउन रक्सौल हुदै हेटौंडा छोडेर माथि आउनुपर्छ। त्यो हुनाले यो काम पनि हामीलाई धेरै उपलव्धी हुन्छ। खिम्ति ढल्केवर लाइन अब चाडेनै चार्ज हुदैछ। त्यसले पनि हामीलाइ धेरै सपोर्ट गर्छ। तीन चारवटा ट्रान्समिसन लाइनहरु धेरै नै आवश्यक छ। त्यसको लागि प्राधिकरणले पहल गरेको छ।

रक्सौल परवानीपुरमा परेको मुद्धा प्राधिकरणको पक्षमा आएको छ। अब यसको काम अघि बढाइने छ। १० हजार ट्रान्सफर्मर किन्नु पर्छ भनेर थप बजेट ल्याएर काम अघि बढाएका छौं। अहिले हामीसँग २३ हजार ट्रान्सफर्मर छन्। अहिले ५० प्रतिशत ट्रान्सफर्मर थप्ने योजनामा हामी रहेका छौ।

चुहावटमा जनताको सहयोग

अहिले डेढ सय मेगावात भन्दा बढी विजुली चुहावट भएको छ। चुहावट भएको विजुली मनपरी ढगले प्रयोग भएको छ। यसले गर्दा लोड व्यवस्थापनमा केही समस्या परेको छ।

डेढ सय मेगावाट विजुली सिस्टममा ल्याउदा हामीलाई धेरै सहज हुन्छ। यो चुहावट नियन्त्रण गर्न राज्य, नेपाल विद्युत प्राधिकरण, आफ्नो ढंगले त लाग्छ नै। तर यसमा हामी भन्दा पनि जनताको साथ आवश्‍यकता छ। उद्योगीहरुको सहयोग आवश्‍यक छ। चुहावट नियन्त्रणमा तपाईंहरु आफै लाग्नु पर्छ। म आएको पहिलो दिनदेखि नै उपभोक्तालाई हामीले आह्वान गरेका छौं चुहावट नियन्त्रण गर्नुभयो भने त्यहीबाट लोडसेडिङ अन्त्य हुन्छ। चुहावटको कारण प्रयोकर्तालाई फ्रिडम देखिन्छ पैसा तिर्नु परेन जति खर्च गरेपनि भयो। आफै जनता नै यो नियन्त्रणमा लाग्नुपर्‍यो।  उद्योगी व्यवसायीहरुले प्राधिकरणलाई के सहयोग गर्नुपर्छ भनेर सोध्ने पनि गर्नु हुन्छ। हामीले उपभोक्ताबाट चाहेको सहयोग चुहावट नियन्त्रण नै हो।

नेपाल उद्योग वाणिज्य महासंघले पुस १९ गते गरेको अन्तर्क्रियामा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राखेको धारणा सम्पादित अंश

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.