सुडानी प्रशिक्षकले उठाए प्रश्‍न

|

काठमाडौं : फिफा वर्ष खेलाडी २०१९ बार्सिलोनाका स्टार लियोनल मेसीले जिते । यसअघि फिफा र फ्रान्सेली म्यागेजिनले दिने बालोन डिओर मेस्सीले ५ पटक जितेका थिए । 

सन् २०१६ देखि सुरु गरिएको फिफा बेस्ट अवार्ड मेसीले पहिलोपल्ट जितेका हुन्। फिफाकै सहकार्यमा दिइने गरिएको बालोन डीओर भने मेसीले सर्वाधिक पाँचपल्ट जितेका छन्। 

यसअघि सन् २०१६ र २०१७ मा यो अवार्ड रोनाल्डो र गत वर्ष भने मेसी र रोनाल्डोलाई पछि पार्दै क्रोएसियाली प्लेमेकर लुका मोड्रिचले जितेका थिए। मेस्सीको अवार्डसँगै केही प्रतिनिधी र प्रशंसकले भोट हेराफेरीको आरोप लगाए । जसमध्ये एक थिए सुडानका प्रशिक्षक ड्राभको लुगारिसिक । 

उनको दाबी अनुसार पहिलो रोजाईमा मोहम्मद सलाहलाई भोट हालिएको थियो । तर पछि नतिजा मेस्सीको नाममा आयो । सलाह फिफा अवार्डको शीर्ष ३ मा नै परेनन् । 

ड्राभकोको दोश्रो रोजाईमा सलाहकै टिममेट साडियो माने र तेश्रो रोजाईमा पिएसजीका केलियन एम्वाप्पे देखिएको मतदान पत्र ट्विटरमा सार्वजनिक भएको छ । तर अन्तमा लुगारिसिकको भोट पहिलो रोजाईमा क्रमशः मेस्सी, भान डाइक र साडियो मानेलाई गएको देखिन्छ । 

त्यसैगरी सलाहले देशको सहकर्मी र प्रशिक्षकको समेत भोट नपाएको चर्चा चलेको थियो । दुवैले उनीहरुको भोट दर्ता नगरिएको आरोप लगाए । इजिप्सियन तथा एस्टनभिल्लाका स्टार अहमद एलमोहामदीले सलाहलाई दिएको भोट सूचीकृत नै नभएको आरोप लगाए । 

अहमदसँगै इजिप्टका ओलम्पिक प्रशिक्षक शक्की घरिवले पनि भोट दर्ता नभएको आरोप लगाए । सलाह शीर्ष ३ भन्दा बाहिर भए पनि मिलानमा अवार्ड समारोह हुनुभन्दा पहिले नै बाहिरिएका थिए । लिभरपुलका सहकर्मी भर्जिल भान डाइक मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा अगाडी पुरस्कार जित्ने हकदार उनी थिए ।

मेस्सीले विश्वभरका प्रशंसकलाई अच्चमित पार्ने गरी डाइकलाई पछि पारिदिए । डाइक र मेस्सी एक-एक पुरस्कारको साथ बालोन डि’ओरको प्रतिस्पर्धामा छन् । डाइकले युइएफए बर्ष खेलाडी जित्दा मेस्सीको पोल्टामा फिफा वर्ष खेलाडी अवार्ड छ । 

जारी सिजनमा अवार्डविहीन बनेका रोनाल्डोलाई शीर्ष ३ मा समावेश गरिने आशा गरिएको छ ।  फिफा वर्ष खेलाडीमा सलाहपछि लिभरपुलकै सहकर्मी साडियो माने, पिएसजीका केलियन एम्बाप्पे, बार्सिलोनाका फ्रेङक डी जोङ, रियल मड्रिडका इडेन हर्जाड, युभेन्टसका म्याथ्युज डि लिग्ट र टोटनहयामका हयारी केन क्रमश शीर्ष १० मा परेका थिए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.