|

गुल्मी: केही दिनदेखी गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा १ र २ का बिभिन्न घरहरुबाट नगदसहित गरगहना चोरी भएको सन्दर्भमा जिल्ला प्रहरी कार्यलय गुल्मीले १३ जनालाई प्रक्राउ गरेको छ।   शंकास्पद १३ जनालाई प्रक्राउ गरि अनुसन्धान सुरु गरेको भन्दै बास्तबिकता अहिले सम्म खुल्न नसकेको प्रहरी कार्यालयले जनाएको छ। 

गुल्मी दरबार गाउँपालिका वडा  २ झिरबासकी कमला थापाको घरबाट १ तोला , दीपक थापाको घरबाट १ तोला  सुन चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। घलेका अनुसार वडा  १ र २ का २१ घरबाटगरी एक लाख रुपैयाँ चोरी भएको उजुरी परेको परेको थियो।

यस्तै रेसुंगा नगरपालिकाको वडा  ३ र १३ वडामा पनि चोरीका घटनाहरु बढ्दै गएको भन्दै स्थानीयहरु त्रसित भएका छन्।  चोरहरुले घरमा लगाएको तालाहरु फुटाउने र जे पायो त्यही चोर्ने गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीमा उजुरीहरु परेका छन्। 
चोरहरुलाई पत्ता लगाउनका लागि प्रहरीले गस्ती बढाएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। उनकाअनुसार स्थानीयहरु नै चोरीमा संलग्न रहेको होकी भन्ने शंका लागेकाले अनुसन्धानलाई अगाडी बढाइएको दाबी गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.