|

उदयपुर : कटारी नगरपालिकाबाट गहुँबारीका लागि छुटेको बोलेरो जीप साँझ ६ बजे दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

कटारीबाट गँहुबारी गइरहेको स १ ज ४०९ नम्बरको बोलेरो गाडी गन्तव्यमा पुग्‍न लाग्दा दुर्घटना भएपछि जीपमा सवार २ जनाको मृत्यु भयो भने ७ जना गम्भिर घाइते भए। जीपबाट हामफालेर ज्यान जोगाउने प्रयास गरेका चालक पनि घाइते छन्।

हर्देनी ४ गहुँबारीमा जीप दुर्घटना हुदाँ हर्देनीकै ३४ वर्षका टंक बस्‍नेत र ३२ वर्षकी भिमकुमारी राउतले ज्यान गुमाए। समाचार तयार पार्दासम्म भिमकुमारीको ठेगाना खुलेको छैन्।

घटनापछि विष्णु राउत, सन्तोषी बस्‍नेत, भेषराज राउत, विमल बस्‍नेत, समकुमारी बस्‍नेत, लिलबहादुर कार्की र एलिजा श्रेष्ठ  गम्भीर घाइते छन्। उनीहरु सबैलाई कटारी अस्पतालले थप उपचारका लागि विराटनगर रिफर गरेको इलाकामा प्रहरी कार्यालय कटारीका इन्स्पेक्टर मदन गिरीले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.