खेलकुद

हेटौंडा गोल्डकप : उपाधिका लागि आर्मी र मनाङ भिड्ने
SHARES

पुस २३, २०७३

    हेटौंडा : हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप अन्तर्गत शनिवार उपाधिका लागि मनाङ मर्स्याङ्दी र नेपाल आर्मीको भिडन्त हुँदैछ। फरेष्टी खेल मैदानमा दिउँसो १ बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन मनाङ उपाधि रक्षा अभियानमा रहँदा आर्मी गत वर्षको बदला लिने दाउमा हुनेछ। 

    यसअघि शुक्रवार हेटौंडाको विजय युथलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । यस्तै पोखराको सहारा क्लबलाई पराजित गर्दै मनाङ फाइनलमा पुगेको हो।

    मनाङका प्रशिक्षक छिरिङ लोप्साङले यो पटक पनि उपाधि जित्ने दाबी गरे। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले गत वर्षको बदला लिने मौका खेर जान नदिने प्रतिक्रिया दिए। सेमिफाइनलको २४ घण्टा नबित्दै फेरि खेल्नुपर्दा सोचेजस्तो नतिजा नआउने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]