|

रुकुम : अन्य खाद्यान्न उत्पादन बढिरहेका बेला जिल्लामा कोदो उत्पादन भने वर्षेनि घट्दै गएको छ। जिल्ला कृषि विकास कार्यालय रुकुमका अनुसार आर्थिक वर्ष ७२÷७३ मा १५ सय ७६ मेट्रिक टन मात्र उत्पादन भएको छ। आव ७१\७२ मा १७ सय मेट्रिक टन कोदो उत्पादन भएको थियो।

‘कृषकहरु नगदे बालीतिर आकर्षित हुँदा कोदो उत्पादन घटेको हो’, जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईं भन्छन्, ‘धान, मकै, गहुँ लगायतको उत्पादन भने वर्षेनि बढिरहेको छ।’ 

उनका अनुसार उत्पादन वृद्धिमा हौसला दिने कार्यक्रम नभएका कारण पनि कृषकहरूमा कोदोप्रतिको आकर्षण घटेको हो। गत आर्थिक वर्षमा ९ सय १८ हेक्टर क्षेत्रफलमा कोदो लगाइएको थियो।

यस्तो छ जिल्लाको अन्य उत्पादन
गत आर्थिक वर्षमा मकै उत्पादन २२.७४ प्रतिशतले वृद्धि भएको छ भने धान उत्पादन १०.९९ ले बढेकोे छ। १६ हजार ३ सय ६ हेक्टरमा लगाइएको मकै ३७ हजार ९ सय ८८ टन मकै उत्पादन भएको छ । त्यति नै क्षेत्रफलमा गरिएको मकै खेतीले आव ७१\७२ मा ३० हजार ९ सय ४९ टन  उत्पादन दिएको कृषि विकास कार्यालयको तथ्यांक छ।
यस्तै गत आर्थिक वर्षमा ९ हजार ८ सय १८ टन धान र २७ हजार २ सय ७५ टन गँहु उत्पादन भएको छ। कृषिमा बढ्दै गएको यान्त्रीकरणका कारण कृषि उत्पादन बढेकोे कृषि विकास कार्यालयले बताएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.