|

काठमाडौं : आइतवारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय लिन नेकपा एमालेको स्थायी समिति बैठक शनिवार बस्दैछ। दिउँसो साढे ३ बजे उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने स्थायी समिति सदस्य शंकर पोखरेलले जानकारी दिए। 

बैठकमा शुक्रवार काठमाडौंमा भएको शक्ति प्रदर्शनको समीक्षा, संसदको गतिरोध लगायतका विषयमा छलफल हुने पोखरेलले बताए। सर्वाेच्च अदालतले संविधान संशोधन प्रक्रिया रोक्न नमिल्ने फैसला सुनाएपछि संसदमा जारी अवरोध के गर्ने भन्ने विषयमा एमालेले आधिकारिक धारणा बनाउनेछ। 

यसअघि एमालेले समय मागेपछि संसद बैठक ६ दिन पछि सारिएको थियो। संसद बैठकअघि प्रतिपक्षी ९ दल र संसदीय दलको बैठकपछि संसदमा प्रस्तुत हुनेबारे  टुंगो लाग्ने एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.