|

उदयपुरः परम्परा संस्कार जस्तैगरी चाडपर्वको वेलामा मात्र हुने बजार अनुगमन नहुँदा अहिले उदयपुरका उपभोक्ता मारमा परेका छन। बजारमा म्यद सकिएका खाद्यन्न बस्तु विक्रीदेखि व्यापारीले मनोमौजी गर्दा पनि उदयपुरका बजार अनुगमन हुन सकेको छैन।

हिन्दू धर्मवलम्बीहरुको दसैँ, तिहार छठ नजिकिँदै गर्दा पनि बजार अनुगमनमा सम्बन्धित निकायले ध्यान नदिँदा उपभोक्ता मारमा परेको गुनासो उपभोक्ताको छ। गाईघाटकी स्थानीय रामकृष्ण कटुवालले बजार अनुगमन नहुँदा उपभोक्ता मारमा परेको बताउँछिन। ‘वर्षेनी दशैँको मुखमा हुने बजार अनुगमन पनि यसपालिका कतै भएको सुनेको छैन,’ उनले भने, ‘सायद व्यपार संघ र बजार अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालय मिलेरर बजार अनुगमन नगरेको हुनुपर्छ।’

उदयपुरमा बजार अनुगमन नहुँदा व्यापारीको मनमानी चल्ने गरेको उपभोक्ताको गुनासो छ। ‘बजार अनुगमन कमै मात्रमा हुने गरेको छ,’ खोटाङबाट गाईघाट दशैँको लागि किनमेलको लागि आईपुगेका भिवबहादुर राईले गुनासो गर्दै भने, ‘खुलेआमा मिसावट गरिएका अखाद्य वस्तुको बिक्री वितरण र ठगीको धन्दा व्यापारीहरुले गरिरहेका छन, उदयपुरका बजार अनुगमन नहुँदा मिसावट गरिएका खाद्यन्न, म्याद सकिएका खाद्यन्न सवै खोटाङ ढुवानी हुने गर्दछ।’

खोटाङ ढुवानी हुने विभिन्न प्रकारका उपभोग्य वस्तु उदयपुरको कटारी, गाईघाट, बेल्टार लगायतका बजारबाट ढुवानी हुने गर्दछ। उदयपुरकै बजार अनुगमन नभएपछि व्यपारीहरुले खोटाङका बजारमा पु¥याएर मिसावट गरिएका खाद्यन्न, म्याद सकिएका खाद्यन्नको विक्रिवितरण गरिरहेको उपभोक्ताको आरोप छ।

जिल्ला प्रशासन लगायतले बजार अनुगमन समय समयमा नगर्दा उपभोक्त ठगिदै आएको उपभोक्तको दुखेसो छ। जिल्लाको कटारी, गाईघाट, बेल्टार, घुर्मीका बजार उदयपुरका प्रमुख बजार हुन। प्रमुख बजारनै अनुगमन नहुँदा ग्रामीण क्षेत्रका बजार झनै उपभोक्ता मारमा परेका छन।

दसैँ तिहार आयो एकपटक बजार अनुगमन गरिदिए व्यापारी पनि सचेत हुने तर्क घुर्मी बजारका कुमार धमला राख्छन। ‘बजार अनुगमन नहुँदा व्यापारीहरुले पनि मनपरी गरिरहेका छन,’ धमलाले भने, ‘बजार अनुगमन नहुँदा होटल तथा मिठाई पसलको भान्सा हेरिसाध्य छैन, आगोमा पकाएर दैनिक रुपमा उपभोग गर्ने जेरी, समसा, मिठाई लगायतका पसलसमा झिँगा भन्किरहेका हुन्छन्।’

यता, नापतौल विभागअन्तर्गत पर्ने ढक, तराजुसमेत ढुंगा र काठको समेत प्रयोग भइरहेको छन्। ‘चामल, दाल, दालमोड, भुजिया, चकलेट, बिस्कुटलगायत तौल गरेर बिक्री हुने वस्तुमा समेत उपभोक्ता ठगिने गरेका छन,’ स्थानीय पत्रकार होम बस्नेत भन्छन, ‘बजारमा अनुगमन टोली आँउदैन किन व्यापारीहरुले टेर्छन, ढुँगा काठको ढक बनाएर तौलिरहेका हुन्छ, खासै बजार अनुगमन भएको देखिएको छैन।’

त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र भगवतले पहिलाभन्दा व्यापारी धेरै सुध्रेको बताए। ‘हिजो मुचुर्की, नपालटार लगायतका क्षेत्रमा भइरहेको छ,’ उनले भने, ‘धेरै कमै मात्रमा व्यापारीहरुले म्याद गुज्रेका सामानहरु विक्री वितरण गर्न थालेका छन, व्यापारीहरुलाई कडा निगरानी गरिरहेका छौ।’

उदयपुरका प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले निरन्तर रुपमा बजार अनुगमन भइरहेको बताए। ‘बजारमा अनुगमन गर्ने अधिकारी स्थानीय तहलाई पनि ऐनले दिएको छ,’ उनले भने, ‘हामीले पनि जहाँ अनुगमन गर्छौ, त्यहाँ स्थानीय तहलाई पनि समावेश गरेर अनुगमन गर्ने गरेका छौ।’

स्थानीय तहलाई बजार अनुगमन गर्न अधिकार दिएपछि व्यवाहारिक समस्या आएकाले प्रभावकारी रुपमा बजार अनुगमन हुन नसकेको स्विकार पनि गरेका छन। ‘जव स्थानीय तहलाई बजार अनुगमन गर्ने अधिकार पनि दिइयो,’ उनले भने, ‘त्यहाँ व्यवाहारिक समस्या आएकाले प्रभावकारी रुपमा बजार अनुगमन हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.