|

  • बिदुर कटुवाल

उदयपुर : नयाँ शक्ति नेपालका संयोजनक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधनमा भैरहेको अवरोध हटाउन प्रमुख प्रतिपक्षी नेकपा एमाललेलाई सुझाव दिएका छन्।

प्रेस सोसाइटी नेपाल उदयपुरले शनिबार गाईघाटमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेले संविधान संशोधनको बाधक बन्नुको तुक नरहेको बताए।

‘संविधान संशोधन अहिले अपरिहार्य छ। एमालेका साथीहरुले संशोधन गर्नु हुँदैन भन्दै सडकमा नाराबाजी गर्नुको औचित्य छैन’, भट्टराईले भने, 'मैले पछिल्लो समयमा एमालेले देखाएको गतिविधिले संविधान च्यात्ने प्रयास गरेको महसुस गरेको छु। संविधान च्यात्ने प्रयत्न गर्नु हुँदैन।’

संविधान ढुंगामा नलेखिएको भन्दै भट्टराईले जनताले चाहेको बेला संशोधन गर्नुपर्ने बताए। असन्तुष्ट दलहरुको जायज माग सम्बोधन गरी नयाँ पुनर्संरचनामा नेपालको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गरी नयाँ संविधान लागू गर्नुको विकल्प नरहेको भट्टराईको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.