|

  • रमेश पराजुली

सिन्धुपाल्चोक : भूकम्पले जेल भत्केपछि भागेका २ सय १६ कैदीमध्ये १ सय ११ लाई मात्रै प्रहरीले पक्रन सफल भएको छ। बाँकी १ सय ५ कैदी फरार छन्।

जिल्ला कारागारका सूचना अधिकृत टीका दाहालका अनुसार प्रहरीले फरार सूचीमा रहेका कैदीबन्दीलाई खोजिरहेको छ।

सुन र आखेटोपहार तस्करीमा संलग्न ११ चिनियाँ नागरिक, तस्करीमा संलग्न २ भारतीय र ९२ नेपालीको नाम फरार सूचीमा छ। भूकम्पपछि जेलबाट भागेका २ पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला कारागार कार्यालयमा जेल नहुँदा कैदीबन्दी राख्न समस्या परेको छ। भूकम्पले क्षतिग्रस्त बन्दीगृहको पुनर्निर्माण हुन सकेको छैन। जिल्ला कारागारअन्तर्गत रहेको २ जेलघरलाई भूकम्पले क्षतविक्षत पारेको थियो। भूकम्प गएको वर्षदिनपछि कारागारको प्रिफ्याब बनेको थियो। तर, कैदीबन्दीलाई राख्ने जेलघर आजसम्म बन्न सकेको छैन।

जिल्ला अदालतबाट करार गरिएका अभियुक्त र पुर्पक्षका लागि जेल सजाय तोकिएका १ सय २९ कैदीबन्दीलाई स्थानान्तरण गरिएको जिल्ला कारागार सिन्धुपाल्चोकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.