|

सोलुखुम्बु : ओखलढुगां, जन्तरधाप, पत्ताले, फप्लु सडक खण्ड अन्तर्गत साल्मेको सिस्नेरीमा पहिरो खस्दा सवारी आवगमन ठप्प बनेको छ। निरन्तरको बर्षातका कारण शुक्रबार साझँ करिब ५ बजे सिस्नेरीमा लेदो सहितको ढुगां खस्दा सवारी आवगमन ठप्प बनेको प्रहरीले जनाएको छ।

सडक माथिबाट २ ओटा ठुला ठुला ढुगां खसेर सडक अवरुद्ध बनेको ट्राफिक प्रहरी चन्द्र बहादुर बस्नेतले जानकारी दिए। सडक अवरुद्ध बनेसगै काठमाण्डौ तथा छिमेकी जिल्लाबाट सल्लेरी भित्रने सम्पुर्ण सवारी तिङ्ला क्षेत्रमानै रोकिएका छन्। दर्जनौ सवारी रोकिदा  सयौ यात्रु अलपत्र परेका यात्री सृजना गुरुङले जानकारी दिनुभयो। प्रहरीका अनुसार शुक्रबार बिहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको कुनै पनि सवारी साधन सल्लेरी भित्रन सकने भने साझको समयमा तिङ्ला हुँदै बाहिर जाने सम्पुर्ण सवारी साल्मे क्षेत्रमा रोकिएका छन्।

 चाड पर्वको समयमा जिल्ला भित्रने बालबालीका तथा बृद्धबद्धा समेत रहेकाले समस्या भएको यात्रुहरुले गुनासो गरेका छन्। सडक खुलाउन प्रयास गरिए पनि निरन्तरको बर्षाका कारण विफल भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए। लेदो सहितको पहिरो अहिले पनि खसिरहेकाले तत्काल सडक सुचारु गराउँन नसकिएको उनको भनाई छ।

जनताको सास्ती जस्ताको तस्तै

सडक खुलाउन मेसिननै प्रयोग गर्नेु पर्ने बताईएको छ। सडकको दुबै तिर जिप तथा ठुला मालबहाक सवारी साधनहरु लामबद्ध भएर बसेका छन्। शुक्रबार पहिरो पन्छाउँन नसकेपछि शनिबार बिहानको सवारी सञ्चालन समेत प्रभावीत बन्ने भएको छ। जिल्लाबाट बाहिर जाने सवारी साधान बिहान सयमानै गनत्वय तर्फ प्रस्थान गर्न नसक्ने निश्चित भएको ट्राफिक प्रहरी चन्द्र बहादुर बस्नेतले बताए। बिहान पहिरो पन्छाएपछि मात्रै सवारी सञ्चालन हुने उनको भनाई छ।

सडक ट्रयाक खोलिएको समय समयमानै साल्ले क्षेत्रमा बिशाल पहिरो गएको छ। उक्त पहिरोका कारण बारम्बार सवारी सञ्चालनमा समस्या हुदै आएको छ। हिउँदमा समेत बेला बेलामा पहिरो जादा सडक अबरुद्ध हुने भएपनि यसको संबन्धित निकायले बिकल्प नखोजेको स्थानीयको आरोप छ।

जिल्ला सदरमुकाम आउँने एक मात्र सडक भएपनि न त पहिरो रोकथामको कुनै योजना अघि सारिएको छ न त कुनै बिकल्पनै ? साल्ले सिस्नेरी तथा पहलमान भिरको समस्याको बारे जनप्रनिधि देखी सडक विभाग मसेत जानकार भएपनि मौन बसेको सवारी चालक अनिल बस्नेतले बताए।

सोही सडक मार्ग हुँदै सोलु खोलामा निर्मानाधिन तीन वटा हाईड्रोपावरको ठुला ठुला मालबहाक ट्रक समेत गुड्ने गर्छ। तर उनीहरुले खसेको पहिरो पन्छाउँदै गुड्ने बाहेक काम गर्न नसकेको प्रत्यक्ष दर्शिको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.