|

अर्घाखाँची : रोजगारीका लागि भारत पुगेका अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मालारानी गाउँपालिका–५ बाँगी भणडार गौराका १९ वर्षीय विवश कुँवर रहेको परिवारले जनाएको छ।

विवश हरियाणा राज्यको फरिदाबादको एक होटलमा काम गर्दै  आएका थिए। फरिदाबादमा मामासँगै बस्दै आएका विवशलाई एक सातादेखि सामान्य ज्वरो आएको थियो। उनी घरको छतमा निस्केको बेला रिंगटा लागेर बेहोस भएका थिए। तत्काल उपचारका लागि स्थानीय मेट्रो अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको परिवारले जनाएको छ।

विवशको शव आवश्यक प्रक्रिया पुर्‍याएर परिवारको जिम्मा लगाएको अखिल भारत नेपाली एकता मञ्चका आरबी खडकाले जानकारी दिए। 

विवशका आमा सरिता गाउँमै बस्दै आएकी छन्। उनको बुवाको निधन भइसकेको छ। होटल सञ्चालकले विवशको शव नेपालसम्म लैजाने एम्बुलेन्स लगायत क्रिया खर्च दिने बताएको छ। विवशकी आमालाई आजीवन तीन हजार भारतीय रुपैयाँ मासिक खर्च उनका मामामार्फत दिने गरी सहमति गरेको खडकाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.