फिचर

नयाँ सहरको काम सुस्त, तीन महिनामै भत्किए सडक
SHARES

असोज १२, २०७६

    सिन्धुली : मध्यपहाडी लोकमार्गमा १० आधुनिक सहर बनाउन सरकारले ल्याएको नयाँ सहर योजनाको काम सुस्त गतिमा भइरहेको छ ।

    पहाडबाट बसाइँसराइ रोक्ने उदेश्यले सिन्धुलीको गोलन्जोर गाउपालिका –७ खुर्कोटमा निर्माण भइरहेका आयोजनाको काम ढिलो हुँदा सुविधा सम्पन्न नयाँ सहर बन्नेमा आशंका उब्जिन थालेको छ ।

    आर्थिक वर्ष २०६७।६८ सालबाट योजनाको काम सुरु भएको आयोजनाका कुनै पनि काम पूरा भएका छैनन। खुर्कोटमा निर्माण पूरा भएका विभिन्न ठाउँका सडक ३ महिना नवित्दै भत्किएका छन्।

    गत आर्थिक बर्ष २०७५।०७६ को असार मसान्तमा निर्माण सम्पन्न भएका २६ सय मिटरको खुर्कोट–राताटार, विपी राजमार्गको सोलाभज्याँग देखि ऐतिहासिक सिन्धुलीगढी सम्म पुग्ने सडक, ९ सय मिटरको खुर्कोटको डि टोल सडक निर्माण भएको नयाँ शहर आयोजना खुर्कोटका आयोजना उपप्रमुख सुदीप श्रेष्ठले बताए।

    निर्माण भएका सडक मध्ये खुर्कोट–राताटार, विपी राजमार्गको सोलाभज्याँग देखि सिन्धुलीगढी सम्म पुग्ने सडक भने निर्माण भएको ३ महिना पनि नबित्दै भत्किएका छन्। ‘गत बर्ष सडकका केही काम भएका छन्। जस अनुसार खुर्कोट–राताटार, सिन्धुलीगढी सम्म पुग्ने सडक निर्माण भएको थियो। तर यस बर्षको बर्षायाममा पिच भएका यी सडक विभिन्न ठाउँमा भत्किएर क्षति भएको छ। भत्किएका सडक मर्मतका लागी सम्बन्धित ठेकेदारलाई पत्र पठाएका छौं’ आयोजना उपप्रमुख श्रेष्ठले बताए।

    मध्य पहाडी लोक मार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट, पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन आधुनिक सुविधा सम्पन्न सहर बन्दैछन्।

    नयाँ सहरमा एक÷एक लाख मानिस बसोबास गराउन आवश्यक सम्पूर्ण सुविधा र पूर्वाधार विकास गरिनेछ। यसले सहर र तराईमा बसाइँसराइ कम गराउने विश्वास छ। खुर्कोट र बुर्तिवाङ साँघुरो भएकोले एक लाख जनसंख्या नअटाउने बताइएको छ। आयोजना सुरु भएको ८ वर्ष वितिसक्दा पनि आशाा लाग्दो गरी कुनै पनि काम नभएको खुर्कोटका स्थानियको भनाई छ।

    आसपासका अव्यवस्थित बस्तीसमेत समेटेर ०९० साल सम्ममा खुर्कोटसहित देशका दशवटै सहर आधुनिक र सुविधा सम्पन्न भइसक्ने योजना सरकारको छ । नयाँ सहरमा सडक, खानेपानी, खेलकुद मैदान, बसपार्क, आधुनिक बस्ती, पार्क, स्कुल, कलेज, अस्पताल, तरकारी तथा फलफूल बजार, औद्योगिक क्षेत्र लगायत पूर्वाधार निर्माणका काम भइरहे पनि खर्कोटमा कुनै पनि पूरा भएका छैनन ।

    खुर्कोटमा केही सडक बनाउने काम, कलेज बनाउने काम, बस बिसौनी र सडक छेउछाउमा सोताल बत्ति जडानको केही काम भएको आयोजना उपप्रमुख श्रेष्ठले जानकारी दिए। बाँकी खेलकुद मैदान, बसपार्क, फोहोरमैला व्यवस्थापन, पार्क, तरकारी तथा फलफूल बजार, औद्योगिक क्षेत्रका लागी जग्गा उपलब्ध नहुदाँ काम अगाडी बढ्न नसकेको उनले बताए। ‘खेल मैदान, बस पार्क, फोहोरमैला व्यवस्थापनका लागी बजेट आएको छ। तर जग्गा नहुदाँ काम हुन सकेको छैन् यसले पनि अहिले समस्या भएको छ’उनले भने।

    प्रत्येक सहरमा २ सयदेखि ४ सय रोपनी क्षेत्रफल जमिनमा जग्गा एकीकरण कार्यक्रम ‘ल्यान्ड पुलिङ’ को काम भइरहेको छ । खुर्कोटमा पनि जग्गा एकीकरणको काम सुरु भए पनि पुरा भएको छैन्। जग्गा एकीकरणको लागी स्थानियबाट ६ सय ६८ रोपनी जंग्गा लिई किनबेच रोक्का गरिएको छ।

    किनबेच रोक्का गरिएको जग्गामा लामो समय सम्म जग्गा एकीकरणको काम अगाडी नबढ्दा स्थानियले खेतबारीमा खेतीपाती गर्न सुरु गरेका उनको भनाई छ।‘ प्लानिङ अनुसार ‘ल्यान्ड पुलिङ’ को काम अझै हुन सकेको छैन्। ६६८ रोपनी जग्गाको केही ठाउँमा सडक ट्रयाक खन्ने काम भएको छ। स्थानियले अव काम नहुने हो कि भन्ने सोचेर होला कतिपयले आफ्नो जग्गामा बाली लगाउन थालिसके। अव हामीले अहिले बाली नलगाउनुस् काम भईहाल्छ भन्ने अवस्था पनि छैन्’ उनले सुनाए।

    नयाँ सहरले बाह्य क्षेत्रसँग सम्बन्ध बढाउन मद्दत गर्ने भएकाले आसपासका ठाउँ र जिल्लामा समेत यसको सकारात्मक प्रभाव पर्ने आयोजना कार्यालयले जनाएको छ । नयाँ सहरको सूचीमा परेपछि खुर्कोटमा पहिलाको तुलनामा अहिले केही चहलपहल बढेको छ। होटेल, अस्पताल, स्कुल खोल्ने क्रम बढ्न थालेको छ।

    खुर्कोट आधुनिक सुविधा सम्पन्न सहर बनेपछि सिन्धुलीसहित रामेछाप, दोलखा, ओखलढुंगासम्मका मानिसले सुविधा पाउनेछन्। यहाँ हुने अस्पताल, स्कुल, कलेज लगायतका सेवाले खुर्कोट केन्द्रविन्दू हुने स्थानियको अपेक्षा छ।

     

बुद्ध नेपाली

नेपाली थाहा खबरका सिन्धुली समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]