|
फोटो : दुर्घटनामा निधन भएकाहरुको दाहसंस्कार गरिदैं

  • विदूर कटुवाल 

उदयपुर : गहुँबारीमा भएको जीप दुर्घटनाका घाइतेसँग धरौटी रकम नभएपछि अस्पतालले उपचार गर्न अस्विकार गरेको छ।

यसअघि शुक्रबार साँझ ६ बजे हर्देनी ४ गहुँबारीमा भएको दुर्घटनामा २ जनाले ज्यान गुमाएका थिए भने ७ घाइते भएका थिए। घाइतेलाई कटारीमा उपचार संभव नभएपछि विराटनगर रिफर गरिएको थियो। तर गम्भीर घाइते लिलबहादुर कार्कीको उपचारमा आर्थिक अभाव भएको छ। लिलबहादुरको अवस्था अन्त्यन्त नाजुक छ । तीन जनाको उपचार विराटनगरमा भइरहेको छ।

घाइतेमध्ये २ जनालाई कटारीबाट सोझै अघिल्लो राति काठमाडौै पठाइएको छ। १ जना बिएण्डबी र अर्कालाई चाबहिलस्थित निजी अस्पतालमा भर्ना गरिए पनि पैसा अभावकै कारण उनीहरुको उपचारमा पनि समस्या सिर्जना भएको छ। 

जीप साहुकै मृत्यु भएपछि पैसा अभाव 

दुर्घटनामा जीपन साहुको समेत मृत्यु भएको थियो। घाइतेका आफन्त कुशल राउतले भने,‘जीप मालिककै मृत्यु भएपछि घाइतेलाई बचाउन कठिन भयो।’ 

सवारी दुर्घटना हुँदा मृत्यु भएकालाई क्षतिपूर्ति दिने र घाइते भएकाको उपचार गर्ने खर्च सवारी मालिकले व्यहोर्ने चलन छ। तर दुर्घटनामा जीप साहुकै मृत्यु भएपछि उपचारमा पैसाको अभाव मात्रै भएको छैन्, उपचारका लागेको खर्च कसले व्यहोर्ने भन्‍ने समेत अन्यौल पनि भएको छ।

शनिबार बेलुका कटारी बजारबाट गोठडाँडा जादैं गरेको स १ ज ४०९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा जीप मालिक टंक बस्नेत र ३२ वर्षीय भीमकुमारी राउतको मृत्यु भएको थियो। टंक हर्देनी ४ का हुन् भने भीमकुमारी हर्देनी १ की हुन्। ब्रेक फेल भएर जीप भीरबाट तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते हुने सबै हर्देनी ४ का हुन्। दुर्घटनापछि हर्देनी गाउँ शोकाकुल भएको छ। 

नोबेल अस्पतालको  प्रतिक्रिया

धरौटी राख्न नसकेर आफ्नो अस्पतालले विरामीको उपचार नगरेको भन्ने आरोप घाइतेका आफन्तले लगाएकोमा विराटनगरस्थित नोवेल अस्पतालले त्यसलाई निराधार भनेको छ। नोवेल अस्पतालका एक सञ्चालकले भने- नोवेलमा कुनै पनि सेवाको धरौटी १० हजारभन्दा बढी छैन। ७ लाख रुपैयाँ धरौटी मागेको भन्ने भनाइ निराधार हो। हामी अप्ठेरोमा परेको अवस्थामा उपचार रोक्दैनौं। 

 

(२०७३ पुस २३ गते १९:३० बजे अद्यावधिक गरिएको- सम्पादक ।)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.