|

  • पेमा लामा

काभ्रे : खानेपानीको हाहाकार रहेको तिमाल क्षेत्रका वासिन्दाहरुको लागि खानेपानी आपुर्ति गर्न बनेको तिमाल बृहत खानेपानी आयोजनाको काम तीब्र गतिमा अगाडि बढिरहेको छ। पूर्व राज्यमन्त्री सूर्यमान दोङ(लालध्वज)को अगुवाईमा भएको उक्त खानेपानी आयोजनाले अहिले आफ्नो काम तिब्र गतिमा गरिरहेको हो।

उपभोक्ता समिति, निर्माण व्यवसायी र आयोजनाको त्रिपक्षिय रुपमा बेला–बेलामा कामको समिक्षा र त्यसको जानकारी सरोकारवालाहरुलाई दिने काम भैरहेको छ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख एवं बृहत खानेपानी आयोजना प्रमुख मोहनलाल जैसीले तीन चरणमा सम्पन्न गर्ने लक्ष्यसहित आयोजना अगाडि बढिरहेको जानकारी दिए।

उनले आयोजनाको पहिलो चरण सम्पन्न भैसकेको बताए। आयोजना तीन चरण्मा गरी सम्पन्‍न गर्ने लक्ष्य राखिएको उनले बताए। ‘दोस्रो चरणको कार्यको बोलपत्र आव्हान गर्न सबै गाविसहरुमा सर्भे भईरहेको छ ।’ जैसीले थपे, ‘अब कति लागत लाग्छ सर्भे पछि मात्र सबैलाई जानकारी दिनेछ।’ 

अहिले पहिलो चरणको कार्यक्रम अन्तर्गत मुहान निर्माण तथा ट्यांकी निर्माण कार्य तीब्र गतिमा भैरहेको उनले जानकारी दिए। जैसीले पहिलो चरणको काम चन्द्र एण्ड वसन्त कन्स्ट्रक्शन र जे.वी कन्स्ट्रक्शनले गरिरहेको जानकारी दिए।

कन्सट्रक्शनको तर्फबाट निर्माण व्यवसायी मुकुन्द गौतमले तोकेको समयसिमा भन्दा पहिला नै पहिलो चरणको काम निर्माण कार्य सम्पन्न गर्न लागिपरेको बताए। निर्माणको क्रममा आइपरेका समस्याहरु स्थानीय स्तरबाट जति सक्दो चाँडो समाधान गर्छौै,’ गौतमले थपे,‘त्यहीं अनुसार निर्माण कार्यले गति पाउनेछ।’

अहिले पहिलो चरण अन्तर्गत पोखरीनारायणस्थानको याङबेल डाँडासम्ममा ६ वटा ट्यांकी निर्माण हुने जनाएको छ। जसमा मुख्य पाइपलाइन समेत निर्माण हुने र दोस्रो चरणको कार्यक्रम अन्तर्गत पाइपलाइनहरु बिछ्याउँदै जाने आयोजनाले जनाएको छ।

आयोजना २०७६ सालसम्ममा सम्पन्‍न हुने आयोजना प्रमुख जैसीले बताए । यसरी निर्माणधिन अवस्थामा रहेको खानेपानीले तिमाल क्षेत्रका आधा दर्जन गाविसका बासिन्दाहरु लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.