|

रुकुम : रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-१ र वडा नम्बर २ को बीचमा रहेको पुमा खोलामा पुल नहुँदा यातायात सेवा सञ्चालन गर्न समस्या भएको छ। वर्षाको कारण खोलामा पानीको मात्र बढ्दा यातायातका साधनले जोखिपूर्ण तरिकाले खोला वारपार गर्ने गरेका छन्।

बर्षाका खोलामा रहेको कल्भट भन्दा माथिबाट पानी बग्न थाले देखी पैदल यात्रा गर्ने यात्रु तथा सवारी साधन आवतजावत गर्न समस्या भएको हो। कल्भटभन्दा माथिबाट बग्ने पानीले गाडि बगाउँने भएको हाल आफूहरुले गाडी नचलाएको गाडी चालक सुनिल बिकले बताए।

उनका अनुसार केही समयअघि उक्त खोलाले उनको गाडि नै बगाएको थियो। खोलाले बगाएपछि प्रहरीको सहयोगमा उनी र गाडिलाई उद्धार गरिएको थियो।

उक्त खोलामा पुल नहुँदा वर्षेणी यसरी नै यातायात सेवा बन्द हुने गर्छन्। हिउँदको समयमा खोलामा पानी सानो बग्ने भएकाले यातायात सेवा सञ्चालनमा कुनै समस्या नपर्ने भएपनि बर्षातमा मुस्किल पर्ने गरेको छ।

पुमा खोलामा पुल नहुँदा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर नम्बर १, रुकुम पुर्व सिस्ने गाउँपालिका वडा नम्बर ३ र वडा नम्बर ४ का स्थानीयलाई विभिन्न कामको लागि रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा लगायतका विभिन्न ठाउँसम्म आवतजावत गर्न समस्या हुने गरेको छ। 

गाराघाट पुल निर्माणमा ढिला

रुकुम पश्चिमको बाफिकोट गाउपालिका र मुसिकोट नगरपालिकालाई जोड्ने गाराघाट मोटरयवल  पुल निर्माणको काममा ढिलाइ भएको छ। तीन वर्षभित्र निर्माण गरिसक्ने जिम्मा पाएको ठेकेदार कम्पनीले म्याद सकिन लाग्दा पनि दश प्रतिशत पनि काम सम्पन्न नगरेकोले तोकिएको समयमा पुल निर्माण नहुने देखिएको छ।

पुल निर्माण र अन्य व्यवस्थापनको काममा ढिलासुस्ती हुँदा पुल निर्माण भैरहेको ठाउँमा बस्ती नै जोखिममा रहेको स्थानिय चन्द्र बहादुर शाहीले बताए। पुल निर्माण जतिसक्दो छिटो निर्माण गर्न र पुल निर्माणको क्रममा जोखिम भएको ठाउँमा तारजालिको ब्यबस्था गरि जोखिमबाट जोगाउनु पर्ने स्थानीयको भनाई छ।

पुल निर्माणको जिम्मा लिएको नार्गाजुन कन्ट्रक्सनका सुपरभाइजर नबिन घिमिरे कामदारलाई ज्याला नदिएको भनाईमा सत्यता नभएको तर पुल निर्माणमा बिबिध समस्यामा कारण ढिलाई भएको बताए।

करिब आठ करोडमा सम्झौता भएको सो पुल मार्फत रुकुम पश्चिमको ब्यापारिक केन्द्र मानिएको छिनखेत बजार राडी बजार हुँदै डोल्पा समेत सडक यातायातको सिधा पहुँच पुग्ने छ।

कन्भर्ट भरिँदा आवागमनमा समस्या

रुकुम पश्चिमको पिथिबांग खोलामा बर्षातका कारण खोलामा कन्भर्ट भरिदा आवागमनमा समस्या भएको छ। यस खोलामा आवश्यक पुल निर्माण नहुदा बर्षेनि यस्तै समस्या हुदै आएको छ। यो खण्ड राप्ती लोकमार्ग अन्र्तगत सल्यान रुकुम प्रमुख सडकखण्ड हो।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ र १२ को सिमानामा यस खोला पर्ने गरेको छ। यस क्षेत्रको लागि पुल निर्माण नहुँदा सम्म कामचलाउ रुपमा सडक डिभिजनले कल्भर्टको व्यवस्था गरेको थियो। तर बर्षातका कारण कल्भर्ट समेत बुझिएपछि समस्या भएको हो।

जसका कारण साना सवारीसधानका यात्रु सबैभन्दा मारमा छन भने ठुला सवारीसधानलाई पनि बेलाबेला समस्या हुने गरेको। यस खोला पुल निर्माणको लागि ठेक्का परिसकेको भएपनि निर्माणको काम शुरु भएको छैन। आगामी २२ महिनाभित्र पुल निर्माणको काम सम्पन्न हुने बताइएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.