|

इलाम : संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिसंट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपालको संविधान राजा वा शासकले नभइ जनताले निर्माण गरेकाले जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिने बताएका छन्।

नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताए।

सोमबार इलामको तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेम्वाङले संविधान परिवर्तनीय भएकाले कुनै पनि बेला संशोधन गर्न सकिने बताए। वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो। ठूलो प्रयास र लामो संघर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेता नेम्वाङले बताए।

जिल्लामा विद्युत् र यातायातको सुविधा पुर्‍याउन आफू प्रयत्नशील रहेको उनले बताए। 'विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन', नेता नेम्वाङले भने, 'अहिले कति विकास भएको छ आफैँ देख्न सकिन्छ।'

जिल्लाका सबै घरमा विद्युत् पुर्‍याउन आफू प्रयत्नरत रहेको नेम्वाङको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.