|

बेनी (म्याग्दी) : सदरमुकाम बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्थाको शनिबार साँझ सम्पन्न नवौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा पुनः प्रमोद श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन्।  

म्याग्दीकाली एफएम ८८.२ मेगाहर्ज, केबुल टेलिभिजन र इन्टरनेट सेवा प्रदान गर्दै आएको संस्थाको उपाध्यक्षमा विजय श्रेष्ठ, सचिवमा रामजीप्रसाद सुवेदी, सहसचिवमा भीष्म मल्ल, कोषाध्यक्षमा सुवीन श्रेष्ठ र सहकोषाध्यक्षमा दिनेश ढुङ्गाना निर्वाचित भएका छन्।

सञ्चालक समितिको सदस्यहरुमा दुर्गाराम सुवेदी, राजु बानिया, यामबहादुर खड्का, राजाराम पौडेल, अमृतकुमार श्रेष्ठ, दीपक हमाल, माधवप्रसाद रेग्मी, बालबहादुर महत र महेन्द्र खत्री चयन भएका संस्थाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.