|

उदयपुर : नेपाल पर्यटन भ्रमण वर्षलाई सहयोग पुर्‍याउन कर्मचारी मिलन केन्द्र उदयपुरले स्मारिका प्रकाशन गर्ने तयारी गरेको छ। उदयपुरका आठ वटै स्थानीय तहका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्न स्मारिक प्रकाशन गर्न लागेको केन्द्रले जनाएको छ।

केन्द्र उदयपुरका अध्यक्ष हीरा न्यौपाने ‘डाइमण्ड’ अनुसार स्मारिका उदयपुरका चार नगरपालिका र चार गाउँपालिकाका पर्यटकीय क्षेत्रको सचित्र वर्णन समावेश गरिनेछ। ‘उदयपुरका आठै स्थानीय तहका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने गरी सचित्र वर्णन गरिएको छ,’ उनले भने, ‘स्थानीय पर्यटकीय क्षेत्रको पहिचान र प्रर्वद्धन गर्ने उदेश्य हाम्रो हो।’

असोज १५ मा सार्वजनिक गरिने स्मारिकाको पहिलो भागमा सरकारले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने तयारी गरेको १०० गन्तव्यमध्येको एक उदयपुरगढीलाई समेटिएको छ। ‘स्मारिकमा समावेश गरिएका सामग्रीमध्ये पर्यटकीय क्षेत्रलाई विशेष जोड दिएका छौं,’ अध्यक्ष न्यौपानेले भने, ‘उदयपुरको पर्यटन क्षेत्रको सम्भावना र चुनौती स्मारिकामा पढ्न पाइन्छ।’

ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको महत्त्व बोकेको रौतापोखरी, ताप्लीपोखरी, चौदण्डीगढी, मैनामैनी, भूगोलपार्क, श्रमिकपार्कलाई पनि पहिलो भागमै समेटिएको केन्द्रका अध्यक्ष न्यौपानले जानकारी दिए। नेपालको प्रशासनिक क्षेत्र, न्याय, कृषि, पशु, उदयपुर जिल्ला र प्राकृतिक विपत्ति, पैतृक सम्पत्ति हस्तान्तरण करको बहस, आयुर्वेद, जलवायु परिवर्तनका सवाललाई मुख्यरुपमा उठान गरिएको स्मारिकाका प्रधानसम्पादक सुमन बुढाथोकीको भनाइ छ।

१ सय ६७ पृष्ठको स्मारिकामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतका व्यक्तिहरुको शुभकामना सन्देश समेटिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.