|

उदयपुर : झण्डै तीन दशक अघि नेपलमा तानाशाही शासकहरुले कम्युनिष्ट पार्टीमाथि कडा प्रतिबन्ध लगाएका थिए। त्यही वेला नेपाली कम्युनिष्ट आन्दोलनलाई संरक्षण गर्ने भुगोलको रुपमा परिचित छ चुरे वन क्षेत्र। त्यही चुरे वनेको जंगलमध्ये प्रदेश नम्वर २ मा पर्ने सिरहा जिल्लाको धनगढीमाई नगरपालिका १४ र प्रदेश नम्वर १ मा पर्ने उदयपुरको कटारी नगरपालिका ६ को सर्रे आम्वास गाँउको राईरइनी टोल ऐतिहासिकस्थल बनेको छ।

वरिपरी चुरे वनले घेरेको गाँउघर भएकाले तत्कालिन राज्यको दमनबाट बच्न सजिलो थियो। प्रसंग हो, स्वर्गिय जननेताको रुपमा परिचित मदन भण्डारीको। जहाँ मदनभण्डारी लगायतले संरक्षण पाएका थिए।

त्यही उदयपुर र सिरहाको सर्रे आम्वासको राईरइनी टोलमै रहेको बलबहादुर सुनुवारको तत्तकालिन नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिवादी) को महासचिवमा निर्वाचित भएका थिए। ‘यही सर्रे आम्वासकै राइरइनी टोलमा रहेको बलबहादुर सुनुवारकै घरमा भएको नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिवादी) (नेकपा माले)

को चौथो महाधिवेशनबाट कमरेड मदनभण्डारी महासचिव बन्नु भएको थियो।’ सत्ताधरी दल नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा.) जिल्ला कमिटि सदस्य उदयपुरका भागवत राउतले भने,’ अहिले बलबहादुर ‘बा’कै घर वरिपरीको जग्गामा मदन भण्डारी स्मिृति पार्क बनाउन मदनभण्डारी फाउण्डनेशन लागि परेको छ।’

सर्रे अम्वासको राईरइनी टोललाई मदनभण्डारी फाउण्डनेशनले मदनभण्डारी स्मिृति पार्क बनाउने काम सुरु गरेको राउतले जानकारी दिए। राउतकै छेउमै बसेका बलबहादुरले आफ्नै घरमा नेकपा मालेको चौथो अधिवेशन गराएर स्वर्गिय जननेता भण्डारीलाई महाचिव बनाएको विगत सम्झै। ‘हामी गाँउका सवैजना मिलेर तत्कालिन पार्टीको चौथो अधिवेशन यही गराएका थियौ।’ उनले भने, ‘यही भएको महाधिवेशनले स्वर्गिय भण्डारीलाई पार्टीको महाचिव बनाएको थियो, अहिले उहाँ हाम्रोसामु नभएपनि उहाँकै स्मिृतिपार्क बन्ने भएको छ।’

केही दिन अघि मदनभण्डारी फाउण्डेशनले सर्रे आम्वासकै राईराईन टोलको बलबहादुर सुनुवारको घर पुगी स्मृतिपार्कको काम अघि बढाएको छ। मदनभण्डारी फाउण्डेशन प्रदेश १ का सदस्य कालुलामाले चौथो महाधिवेशनबाट स्वर्गिय मदन भण्डारी स्मिृति पार्क बनाउने काम अघि बढेको जानकारी दिए। ‘यो एउटा ऐतिहाँसिक थलो हो,’ उनले भने, ‘यसलाई संरक्षण प्रर्वद्धन गर्ने उदेश्यले पार्क बनाउन लागिएको हो।’

प्रदेश १ की योजना आयोगकी सदस्या मिना भण्डारीले बहुदलिय जनवादको विकास गर्ने नेपाल कम्युनिष्ट पार्टीका अग्रणी नेता स्वर्गिय भण्डारीको बिचारलाई संसाभर फैलाउन र चुरेका गाँउहरुको विकास निम्ति पार्क बनाउनु धेरै राम्रो काम भएको बताईन। ‘उहाँ कम्युनिष्टको मात्र नेता होईन,’ उनले आफु साईनोमा छोरी भतिजि रुपमा नभनेको भन्दै भनिन, ‘उहाँ देशको लागि धेरै दुर्दशि हुनुथ्यो।’

मदनभणडरी फाउण्डनेशनका केन्द्रिय सदस्य तथा मदनभण्डारी स्मिृति पार्कका अध्यक्ष डगेन्द्र पाण्डले कम्युनिष्ट बिचारधारको अध्यन केन्द्रको रुपमा विकास गर्ने गरी पार्क बनाउन लागेको जानकारी दिए। ‘हामीले चौथो माहाधिवेशनको भएको घर वरिपरीको जग्गा पनि खरिद गरेर फाउण्डनेशनको नाममा ल्याउने काम गरिसकेका छौ,’ उनले भने, ‘यसलाई एउटा ऐतिहाँसिक थलो रुपमा विकास गर्नेगरी गुरु आयोजना बनाएर अघि बढ्ने छौ।’

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर दर्नालले नेपाली कम्युनिष्ट आन्दोलनलाई विश्वको नयाँ उच्चाईमा पु¥याउने स्र्वगिय मदन भण्डारीको याद झल्काउने गरी कम्युनिष्ट विचारधार अध्यन केन्द्रको रुपमा विकास गर्नु पर्ने बताए। ‘यस बन्ने पार्कले चुरे क्षेत्रको विकास पनि गर्दछ,’ उनले भने।

पार्क निर्माण स्थल सिरहाको धनगढीमाई नगरपालिका १४ का वडा अध्यक्ष ठडेन्द्र राईले पार्कले गाँउकै मुहार फेर्ने बताए। ‘स्वर्गिय मदन भण्डरीको नाममा पर्क बन्न लागेकाले धेरै खुसी लागेको छ,’ उनले भने, ‘सभ्य र भव्य पार्क बनाउने गरी तयारी थालेका छौ, म पनि पार्क निर्माण समितिको सदस्य हुँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.