|

बाँके : नेपालीहरुको ठूलो चाड दशैं नजिकिएसँगै गाउँघर छाडेर विभिन्न कामका लागि देशभित्र र बाहिर रहेकाहरु आफ्नो गाउँ फर्किन थालेका छन्। सडक बाटो हुँदै भित्रिने मुख्य नाका नेपालगन्जमा पनि दैनिक एक हजारभन्दा बढी नेपाली घर फर्किने गरेका छन्। दसैँ नजिकिएपछि रोजगारीका लागि भारत गएका नेपालीहरु नेपालगन्ज नाका हुँदै फर्किने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले जानकारी दिए।

सोह्रश्राद्धबाट कामका लागि भारत गएका नेपालीहरु फर्किन थाले पनि घटस्थापनादेखि दैनिक कम्तीमा एक हजार नेपाली घर फर्किने गरेको प्रहरीको तथ्यांक छ। बिहान ६ः३० बजेदेखि नेपाल भित्रिन सुरु हुने गरेको बताउँदै प्रहरी नायब निरीक्षक रिजालले भारतबाट फर्किनेमा अधिकांश पहाडी भेगका नेपाली भएको बताए। 

भारतबाट फर्किने नेपालीका लागि नाकामा सहायता कक्ष स्थापना गरिएको छ। बस र रेलबाट रुपइडिहा आएका नेपालीको सहयोगका लागि सादा पोशाकका प्रहरीलाई रुपइडिहा पठाइएको ै प्रहरी नायब निरीक्षक रिजाल बताउँछन्। रिक्सा, टाँगावालाबाट ठगिन नदिन सतर्कता अपनाइएको छ। उनले भने, ‘टाँगा र रिक्सामा रुपइडिहाबाट आउने नेपालीलाई भाडा कति मागेको छ भनी सोध्ने गरेका छौँ।’

नेपालगन्ज बसपार्कसम्म सुरक्षित रुपमा पठाउने व्यवस्था मिलाइएको प्रशासनले बताएको छ। होटलमा ठगिन र लुटिन सक्ने सम्भावनालाई मध्यनजर गरि परामर्श समेत दिने गरेको उनको भनाइ छ। भारतबाट आउने यात्रुलाई लिन जमुनहा र रुपइडिहा पुगेका होटल ब्यवसायीलाइ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.