|

उदयपुर : उदयपुरको हर्देनीमा भएको जिप दुर्घटनाका मृत्यु हुनेको संख्या ३ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका हर्देनी ४ लिलबहादुर कार्कीको पनि मृत्यु भएपछि मृतक संख्या ३ पुगेको हो।

उनको काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सांसद कोपिला राउतले जानकारी दिएकी छन्। उनलाई विराटनगरमा उपचार सम्भव नभएपछि काठमाडौंको वीर अस्पतालमा लगिएको थियो। 

‘जीप साहुकै मृत्यु भएपछि घाइतेको उपचारमा आर्थिक समस्या आयो’ संसद राउतले भनिन्, ‘तर, कार्कीलाई बचाउन सकिएन, अन्य घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था मिलाएको छु।’

‘गाडी धनीको मृत्यु भएर घाइतेका उपचारमा समस्या भएपछि गृह मन्त्री विमलेन्द्र निधिसमक्ष घाइतेको उपचारमा समस्याको बारेमा कुरा राखेको छु’ उनले भनिन्, ‘गृहमन्त्री बिमलेन्द्र निधिले घाइतेको दुर्घटनामा घाइतेको निशुल्क उपचार गर्ने प्रक्रिया मिलाइदिएका छन्।’

शुक्रबार बेलुका कटारी बजारबाट गोठडाँडा जाँदै गरेको स १ ज ४०९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा जिप मालिक टंक बस्नेत र ३२ वर्षीय भीमकुमारी राउतको घटनास्थलमा नै मृत्यु भएको थियो। हर्देनी–४ का विष्णु बहादुर राउत, सन्तोषी बस्नेत, भेषराज राउत, विमल बस्नेत, लिलबहादुर कार्की र एलिसा श्रेष्ठ गम्भिर घाइते भएका थिए। गम्भीर घाइते कार्कीको पनि उपचारका क्रममा मृत्यु भएको छ।

घाइतेमध्ये २ जनाको काठमाडौ र अन्य ४ जनाको विराटनगरमा उपचार भइरहेको छ। सवारी दुर्घटना हुँदा मृत्यु भएकालाई क्षतिपूर्ति दिने र घाइते भएकाको उपचार गर्ने खर्च सवारी मालिकले व्यहोर्ने नियम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.