|

काठमाडौं : खादीको पहिरनको प्रवर्द्धनका लागि मंगलबार लैनचौरस्थित भारतीय दूतावासमा 'खादी-नेपाल फेसन सो' आयोजना गरियो। उक्त सोमा  मिस नेपाल २०१७ निकिता चान्डक, मिस नेपाल २०१७ की रनरअप नीति शाहसहितका मोडलहरु मंगलबार आयोजित फेसन सोमा देखिए। 

उनीसहितका मोडलहरु खादीको पहिरनमा सजिएर लैनचौरस्थित भारतीय दूतावासमा आयोजित खादी-नेपाल नामक फेसन सोको र्‍याम्पमा उत्रिएका हुन्। 

गान्धी जयन्तीको अवसरमा भारतीय दूतावास र दक्षिण एसिया फाउन्डेसनले संयुक्त रुपमा गरेको फेसन सोमा खादीबाट उत्पादित पहिरनमा नेपाल र भारतका मोडल तथा कलाकार -याम्पमा उत्रिए। डिजाइनरहरू मीरा मुजाफर अली, सभा नेपाल, तारा भुजेँन र चारु परासरलगायतले बनाएका पहिरन लगाएर मोडलहरुले र्‍याम्पमा क्याटवाक गरे।

शाहसहित मिस नेपाल २०१७ निकिता चान्डक, उरुशा जोशी, साहिदा खान र ओसिन सिटौंलालगायत र्‍याम्पमा देखिए। कार्यक्रममा बोल्दै भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाली हस्तकलाका कपडा प्रवर्द्धन गर्न आग्रह गरेका थिए। 

महात्मा गान्धीले भारतमा खादीबाट बनेको कपडा लगाउने अभियान चलाएको स्मरण गर्दै गान्धी जयन्तीको अवसर पारेर राजधानीमा खादी नेपाल फेसन सो हुने गरेको छ। गान्धीको खादी अभियानबाट प्रेरित भएर नेपाली हस्तकलाका कपडालाई जर्गेना गर्नुपर्ने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.