गुनासो लिएर आउने थपिँदै, समायोजन लठिभद्र
गुनासो लिएर आउने थपिँदै, समायोजन लठिभद्र
काठमाडौं : कर्मचारी समायोजनको सकस झेल्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दशैँका बेला पनि कर्मचारीको चाप घटेको छैन। पछिल्लो दुई तीन दिनदेखि स्वास्थ्य मन्त्रालयमा कर्मचारीको भिड लागेको हो। दशैँको मुखमै विभिन्न जिल्लाबाट स्वास्थ्यकर्मी सकायोजनमा आफूलाई परेको अप्ठ्यारो सुनुवाइ हुने आशमा मन्त्रालय धाइरहेका छन्।
पहिले अनमी ,अहेव र एचएका चौथो पाचौँ, छैटौँ र सातौ तहसम्मका स्वास्थ्यकर्मीको समायोजन भद्रगोल भएको थियो । त्यसपछि स्वास्थ्य र सामान्य प्रशासन मन्त्रालयले समायोजन बिग्रिएका स्वास्थ्यकर्मीसँग निवेदन मागी सच्याउने प्रतिवद्धता जनायो ।
तर, दुई महिनापछि पुन उस्तै गरी नै विवरण प्रकाशित गर्यो । पहिले गुनासा दिएकाको समस्या सुल्झिनको सट्टा झनै बल्झियो । स्वास्थ्य मन्त्रालयले उनीहरुसँग फेरि गुनासो भए निवेदन दिन सूचना जारी गरेको छ। त्यसपछि गुनासो दर्ता गराउन मन्त्रालय आउने स्वास्थ्यकर्मीको मेला नै लाग्ने गरेको हो।
मन्त्रालय परिसर गुनासो दर्ता र पत्र लिन आएका स्वास्थ्यकर्मीले भरिभराऊ छ । दशैँको मुखमा राजधानी आउनुपर्ने बाध्य बनाएको भन्दै कतिपयले मन्त्रालयका अधिकारीविरुद्ध चर्को असन्तुष्टि पोखेका छन्।
समायोजनमा भएको गुनासो बोकेर मंगलबार विभिन्न जिल्लाबाट मन्त्रायलमा धाउन बाध्य भएका हुन्। समायोजनले १८ हजार कर्मचारीलाई बेहाल बनाएको छ, अधिकांश स्वास्थ्यकर्मी पत्र पाए पनि आफूहरुलाई पायक नपरेको गुनासो बोकेर मन्त्रालयमा पुगेका छन्। मन्त्रालयले समायोजनमा भएको गुनासो दर्ता गर्न केही दिनअघि मात्र सूचना जारी गरेको थियो । आगामी १७ गतेसम्म गुनासो दर्ता गर्न पाइने भएपछि मन्त्रालयमा गुनासो लिएर आउनेको संख्याका कारण मन्त्रालयमा स्वास्थ्यकर्मीको भिड देखिन्छ।
मन्त्रालयले गत असोज १३ गते हेल्थ इन्सपेक्सन समूह अन्तगर्तको अहेब, सीअहेब र सीअहेब र अधिकृतको समायोजन सूची सार्वजनिक गरेको थियो
तपाईंको ईमेल गोप्य राखिनेछ ।