|
फाइल फोटो

जनकपुरधाम : सीमावर्ती क्षेत्रबाट फेरि चाँदीसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिका ४ का ३० वर्षीय जितेन्द्र ठाकुर रहेका छन्।

स. २ प. ६६३० नम्बरको मोटरसाइकल चढेर भारततर्फ गइरहेका ठाकुरलाई चेकजाँच गर्दा १ किलो ४ सय ग्राम चाँदी बरामद भएपछि उनलाई समेत नियन्त्रणमा लिएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए।

उनका अनुसार मंगलबार राति करिब ९ बजे भारतटर्फ जाने क्रममा मुखियापट्टी मुसहर्निया ३ बाट उनलाई पक्राउ गरिएको छ। पक्राउ परेका ठाकुरमाथि प्रहरीले कारबाही अगाडी बढाएको छ ।

विगत पाँच दिनमा प्रहरीले ठाकुरसहित चारजनालाई चाँदीसहित पक्राउ गरिसकेको छ। भारतमा चाँदी महँगो दरमा बिक्री भइरहेको र अहिले चाडपर्वका बेला मागसमेत अत्यधिक रहेकाले तस्करी हुने गरेको प्रहरीको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.