|

मुगु : नेपालको महान पर्व दशैं नजिकिएसँगै घर फकिर्नेलाई कर्णाली रार्जमार्गको नाग्म-गमगढी सडक अवरुद्ध हुँदा सास्ती भएको छ। डेढ महिना देखिको बन्द सडक केही दिनअगाडि स्थानीय व्यवसायले डोजर प्रयोग गररे खुलाए पनि पुनः वर्षाले सडक अवरुद्ध हुँदा दशैमा घर फकिर्नेलाई सास्ती भएको हो।

दशैं मनाउन जिल्लाबाट बाहिर जाने कर्मचारी तथा काम र पढाइको  शिलशिलामा जिल्ला बाहिर गएकाहरू दशैं मनाउन घर फर्किन समस्या भएको छ।

लगातार वर्षा भइरहेकाले दैनिक हवाई उडान प्रभावित भइरहेको छ भने वर्षाका कारण सडक हिलाम्मे हुँदा यात्रा असहज भइरहेको छ। बाहिरी जिल्लाबाट सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगार गर्न आएका तथा व्यापार व्यवसाय गर्न आएकालाई पनि दशैंमा घर जान नपाइने हो कि भन्ने चिन्ता लागेको कर्मचारी बताउँछन्।

'मौसम खराब छ सडक पनि राम्रो छैन, हवाई उडान पनि ठप्प छ। यसपालीको दशैं परिवारसँगै बसेर मनाउन पाइदैन जस्तो छ' स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निर्मल नगरकोटीले भने 'दशैंमा घर कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ मौसम यस्तै भइरहे यतै मनाउनु पर्ला।'

यता, सोरु गाउँपालिका-७ का स्थानीय राजेन्द्र विष्टलाई यस पालिको दशैं खल्लो हुने होकी भन्ने चिन्ता लागेको छ। उनको परिवार गमगढीमा व्यापार गर्दै आइरहेको छ भने आमा-वुवा गाउँमा छन। त्यस्तै भाइको परिवार कोहलपुरमा बस्दै आएका छन।

'यसपालीको दशैं सबै घर परिवारका सदस्य एकै ठाउँमा बसेर मनाउने तयारी त गरेको छु' उनले भने 'तर, खराब मौसमका कारण हवाई यात्रा सम्भव छैन भने वर्षाका कारण सडकबन्द छ।' विष्टका भाइको परिवार दुई दिनदेखि कोहलपुर बस पार्कको टिकट काउण्टरमा लाइनमा लागे पनि टिकट पाउन नसकेको उनले बताए।

दशैं सुरु हुँदा बाटोघाटो सफा हुने, बाली नाली पनि पाकेर भित्र्याउने बेला भए पनि वर्षाका कारण कृषकको पाकेको वाली खेत वारीमा नै झर्न थालेको छ भने बाटोघाटो हिलाम्मे छ। अलिकति मौसम खुल्दा बितिक्कै कृषक पाकेको कोदो टिप्न खेतबारीमा निस्कने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.