|

काठमाडौं : विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब मेरलिवन क्रिकेट क्लब (एमसीसी) ले पहिलो पटक गैरबेलायती अध्यक्ष पाएको छ। 

१८० वर्षे एमसीसी इतिहासमा सवै अध्यक्ष बेलायतबाटै बनेका थिए। सन २०१९–२० मा अध्यक्ष बन्ने अवसर श्रीलंका पुर्व कप्तान एवम विकेटकिपर व्याट्समेन कुमार सांगकाराले पाएका हुन्। 

सन् १८३८ नोभेम्बर १५ मा स्थापना भएको एमसीसीलाई बेलायतका सदस्यहरुले मात्र नेतृत्व गर्दै आएका थिए। लर्ड्समा गत मेमा भएको एमसीसीको बार्षिक साधारणसभामा पुर्व अध्यक्ष एन्थोनी वे्रफोर्डले सांगकाराको उम्मेदवारी घोषणा गरेका थिए।  

‘एमसीसीको अध्यक्ष जस्तो प्रतिष्ठित पद पाएकोमा म खुसी छु र म क्रिकेटको यो अविश्वसनीय वर्षको निर्माणका लागि एमसीसीसँग कडा मेहनत गर्ने आशा गरेको छु’ सांगकाराले एक विज्ञप्तिमा भनेका छन्, ‘हामीसँग खेल प्रति अधिक सर्मथकको माया र उनीहरुलाई शिक्षित गर्ने अवसर छ। एमसीसीले स्थानीय, राष्ट्रिय र विश्व क्रिकेट र उनीहरुको समुदायको लागि काम गर्नेछ।

एमसीसी अध्यक्षको रुपमा सांगकाराको कार्यकालमा वेस्टइन्डिज र पाकिस्तानविरुद्ध २ इङलिस टेस्ट हुनेछ। त्यसैगरी अष्ट्रेलियाविरुद्ध एक दिवसीय र एक सय प्रतियोगिताको शुभारम्भ हुनेछ। 

‘कुमार सांगकारा भन्दा राम्रो मान्छे अरु कोही पनि छैन, जो एमसीसीको अध्यक्षको भूमिका लिन सक्छ।  उनी समुदायलाई संलग्न गराउन क्रिकेटको शक्तिमा दृढ विश्वास राख्छन् र उनी एमसीसीले गर्ने कार्यमा महत्वपूर्ण राजदुतको भूमिका खेल्न सक्छन्,।’ पूर्वअध्यक्ष वे्रफोर्डले भने ‘कुमार लडर्सको मात्र नभई क्लबको विश्वव्यापी स्थितीमा एमसीसीको पहिलो गैर ब्रिटिस अध्यक्षको रुपमा सकारात्मक प्रभाव पार्न सक्नेछन्। म आफनो भूमिकालाई सुरक्षित साथ छाड्छु।’ उनले थपे

४१ वर्षीय पूर्वकप्तान सांगकाराले १३४ टेस्ट खेलमा १२ हजार ४ सय रन, ४०४ एक दिवसीयमा १४ हजार २३४ जोडेका छन्। त्यसैगरी ५६ टि–२० खेलमा उनले १ हजार ३ सय ८२ रन जोडेका छन्। 

एमसीसीसँग उनको लामो सम्वन्ध रहेको छ। उनले सन २००२ मा क्लबको विरुद्ध क्वीन्स पार्क चेस्टरफिल्डमा प्रथम श्रेणीको क्रिकेटमा श्रीलंकाको तर्फबाट व्याटिङ सुरुवात गरेका थिए। उनले सन २००५ मा एमसीसीको तर्फबाट सुनामी पीडितहरुको लागी विश्व–११ विरुद्ध प्रतिस्पर्धा गरेका थिए। 
सन् २०११ मा उनले श्रीलंकाको क्रिकेट इतिहास, क्रिकेटको जोश र क्रिकेटको सामाजिक –सांस्कृतिक प्रभावको बारेमा अविस्मरणीय ‘एमसीसी स्प्रिट अफ क्रिकेट काउड्रे’ लेक्चर प्रदान गरेका थिए। 

सन २०१२ मा उनलाई क्लबले सम्मानित आजिवन सदस्यता प्रदान गरेको थियो। सोही बर्ष एमसीसी विश्व क्रिकेट समितीमा आवद्ध भइ सक्रिय सदस्यको रुपमा कार्य गर्दै आएका थिए। 

एमसीसीका मुख्य कार्यकारी तथा सचिव गाई लैवेन्डरले भने, ‘हामी धेरै खुशी छौ। कुमारले आफनो पद सम्हाल्दै छन्। अध्यक्ष एन्थोनी वे्रफोर्डलाई विशेष धन्यवाद पहिलो अन्तराष्ट्रिय अध्यक्ष चुनेकोमा।’ 

विश्व क्रिकेटको नियम एमसीसीले बनाउँदै आएको छ। क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) भए पनि सञ्चालनसम्बन्धी नियम एमसीसीले बनाउँदै आएको छ। जसको आधारमा प्रतियोगिता सञ्चालन हुने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.