|

गुल्मी : जिल्लाको अस्लेवा ७ का ९६ वर्षीय कलाधर कनौजेले सरकारले दिएको भत्ता विद्यालयलाई चन्दा दिएका छन्। एक वर्षको भत्ता २४ हजार रुपैयाँ गाउँकै जनता उच्च माविमा चन्दा दिएका हुन्।

उनले आफ्नो वृद्ध भत्ता दिए लगत्तै जेठा छोरा शोभाखर, माइला ओमप्रकाश, कान्छा गोपाल, नाती अजुर्नसहित कनौजे विद्यालयलाई  ५ लाख ५ हजार चन्दा प्रदान गरेको छ ।

प्रचार प्रसार समितिका संयोजक विष्णुप्रसाद पाण्डेका अनुसार अहिलेसम्म करिब ७० लाख रुपैयाँ  संकलन भएको अनुमान गरिएको छ। स्वर्ण महोत्सवमा करिब १५ लाख रुपैयाँ खर्च हुने र अरु बचत हुने विद्यालयको अनुमान छ। खर्च कटाएर बाँकी रहेको रकमले प्राविधिक शिक्षा सञ्चालन र विद्यालयको स्तरवृद्धिका काम गर्ने व्यवस्थापन समिति अध्यक्ष बलराम अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.