|

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीसँग मुख्यमन्त्री लालबाबु राउतले भिडियो कल गरेपछि प्रदेश २ का ६ जिल्लामा फोरजी सेवा शुभारम्भ भएको छ।

जनकपुरस्थित नेपाल टेलिकमको कार्यालयमा आयोजित एक समारोहमा मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीसँग संक्षित कुरा गरे। मुख्यमन्त्री राउतले आवाज सुनिएन प्रश्न गर्दा प्रधानमन्त्री ओलीले अलिअलि सुनिदैछ भन्ने जवाफ फर्काएका थिए। एकैपटक सात प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कल गर्दा आवाज डिस्टर्भ भइरहेको थियो।

मुख्यमन्त्री राउतले फोरजी सेवा उद्घाटन समारोहमा मन्तव्य राख्दै अन्य मोबाइल सेवा प्रदायक कम्पनीभन्दा नेपाल टेलिकमको सेवा फास्ट र सस्तो हुनुपर्ने बताए। उनले भने, ‘अब सबै फास्ट भइसक्यो। सोहीअनुसार सेवा पनि दिनुपर्‍यो।’ एनसेलले अप्रत्यासित रूपमा रकम काट्ने गरेको भन्दै टेलिकमले सबैको विश्वास जितेको बताए।

उनले सुगमदेखि दुर्गमसम्म टेलिकमको सेवा पुग्नुपर्ने पति बताए। उनले टेलिकमले फोरजी सेवा सुभारम्भ गरेपछि अब जनताको रकम जनताकै हुनेसमेत बताए। उनले फोरजी सेवाले काम तीब्र गतिमा गर्न हामीलाई ‘पुश’ गर्ने विश्वास व्यक्त गरे। 

सम्बन्धित समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.