|

स्पेनिस जाइन्ट बार्सिलोनाले सम्भावित हार टारेको छ। खेल सुरु भएलगतै १–० ले परेको बार्सिलोनालाई दोस्रो हाफमा सुआरेजले उद्धार गरे। महत्वपूर्ण ३ अंक दिलाउने क्रममा इन्टरमिलानमाथि बार्सिलोनाले २–१ को जित निकाल्यो। दुबै गोल सुआरेजले गरेका थिए।

लउटारो मार्टिनेजले इन्टरमिलानलाई दोस्रो मिनेटमानै गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि पहिलो हाफ बार्सिलोना १–० ले पछि रह्यो। तर दोस्रो हाफको ५८ औं मिनेटमा लुईस सुआरेजले अर्टुरो भिडालको क्रसलाई आकर्षक भलिमार्फत पोस्टको दिशा दिए। चोटबाट फर्किए पनि मेसीको जादु भने चल्न सकेन।

जितसँगै बार्सिलोनाले घरेलु मैदानमा च्याम्पियन्स लिगमा ३३ खेलको अपराजित यात्रा कायम राखेको छ। बबार्सिलोना जितसँगै समूह एफमा डर्टमुन्डसँगै समान ४ अक बनाएको छ। डर्टमुन्डले स्लाभिया प्रागलाई २–० ले पराजित गरेको थियो।

आयाक्स र चेल्सीको सहज जित

त्यस्तै समूह एचमा आयाक्स र चेल्सीले जित निकाले आयाक्सले भ्यालेन्सियालाई ३–० ले पराजित गर्दा चेल्सीले लिलिलाई २–१ ले पराजित गर्‍यो। उक्त समूहमा आयाक्स दुई खेलबाट सतप्रतिशत नतिजा निकाल्दै ६ अंक जोड्यो। त्यस्तै भ्यालेन्सिया र चेल्सी समान ३ अकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.