|

साबिक च्याम्पियन लिभरपुलले च्याम्पियन्स लिग फुटबलको आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको छ। अस्ट्रीयन क्लब साल्जबर्गमाथि संघर्षपूर्ण ४-३ को जित निकाले पनि उसले आफ्नो नाममा नयाँ रेकर्ड भने बनाउन सफल रह्यो।

घरेलु मैदान एनफिल्डमा भएको प्रदर्शनमा संघर्षपूर्ण जितसँगै लिभरपुलले सबै खाले प्रतियोगितामा गरेर पछिल्ला १२ खेलमा जित निकाल्न सफल भयो। यो पछिल्लो ३४ वर्षयताकै उत्कृष्ट प्रदर्शन हो। १८८५ मा लिभरपुल घरेलु मैदानमा १८ खेल जित्न सफल भएको थियो।

साल्जबर्ग भने एनफिल्डमा ३ गोल गर्ने चौंथो टिम बनेको छ। यसअघि बार्सिलोना, चेल्सी र रियल म्याड्रिडले लिभरपुलविरुद्ध एनफिल्डमा तीन गोल या सो भन्दा बढी गरेका थिए। बुधबार लिभरपुलको जितमा मोहमद्ध सलाहले २ गोल गर्दा सुरुवाती अग्रता भने साडियो मानेको गोलमार्फत ९ औं मिनेटमा लिन सफल भएको थियो।

लगातार तीन गोल गर्ने क्रममा २५ औं मिनेटमा रोबर्टसनले दोस्रो र सलाहले तेस्रो गोल गरे। तर लिभरपुल ३–० को अग्रतालाईपनि जोगाउन असफल हुँदा खेल बराबरीतर्फ उन्मुख भएको थियो।

३९ औं मिनेटमा साल्सबर्गका लागि ह्वाङ हे चानले ३९ औं मिनेटमा पहिलो गोल गर्दा मिनमिनोले ५६ र हलान्डले ६० औं मिनेटमा गोल गर्दे टिमलाई ३–३ गोलको बराबरीमा ल्याए। तर सलाहले ६९ औं मिनेटमा गोल गर्दा लिभरपुलको संभावित बराबरी टरेको थियो।

खेलमा नापोली ४ अंकका साथ शीर्ष स्थानमा रहँदा लिभरपुल र साल्जबर्गको समान ३ अंक रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.