|

बैतडी : नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका बिहीबारदेखि तीन दिनका लागी बन्द हुने भएको छ।  भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख(असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशिलता कारण जनाउदै सीमानाका बन्द हुन लागेको हो।

बिहीवारबाट बिहान सवा ५ बजेदेखि १८ गते साँझ सवा ५ बजे सम्म तीन दिन अन्तराष्ट्रिय सिमा (पुल) बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। यसका साथै अक्टोवर  १६ तारेख(असोज २८ गते) दिन भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ।

उक्त नाका असोज २७ गते साँझ सवा ५ बजेदेखि असोज २९ गते साँझ सवा ५ बजेसम्म  बन्द हुने जनाईएको छ।   चाडपर्वको बेला सीमानाका बन्द हुने भएपछी भारतवाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ। 

आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.