|

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरीविरुद्ध सामाजिक सञ्जालमा आएका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार कार्यालयले विज्ञप्ति जारी गरी ज्ञानेन्द्र शाहीमाथि भएको घटनालाई जोडेर प्रहरीविरुद्ध आएका सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको हो।

सामाजिक सञ्जालमा सम्प्रेशित पूर्वाग्राहीपूर्ण सामग्रीले प्रहरीको छवि धमिल्याउने उद्देश्यले आएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीले उक्त घटनाका सम्बन्धमा अनुसन्धान टोली बनाइ गम्भीरतापूर्वक अनुसन्धान भइरहेको पनि जनाएको छ।

प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले उक्त दिन शाही होटलमा बसेको जानकारी नभएकाले सो घटना घटेको बताए। उनले खबर प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी पुगी उद्धार गरी अस्पताल पुर्‍याएको र आक्रमणमा संलग्नको पहिचान गर्ने काम भइरहेको बताए।

एसपी मल्लका अनुसार घटनामा सम्बद्धपक्षबाट प्रहरीमा जाहेरी नआए पनि संलग्नको पहिचान तथा खोजतलास गर्ने कार्य जारी रहेको बताए। शाहीलाई असोज ११ गते दिउँसो ३ बजेतिर भरतपुर महानगरपालिका १० चौविसकोठीस्थित होटल परिसरमा अज्ञात समूहले आक्रमण गरी घाइते बनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.