|

पर्सा : जिल्ला अदालत पर्साले ६ बर्ष कैद र १० हजार जरिवाना तोकेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत पर्साले पाँच बर्ष ५ महिना ११ दिन अगाडि कसुरदार ठहर गरी कैद र जरिवाना तोकेका कसुरदारलाई प्रहरीले पक्राउ गरेको हो। उनी ५ बर्ष ५ महिना ११ दिनदेखि नै प्रहरीलको फरार सूचीमा थिए। पक्राउ पर्ने व्यक्ति पर्साको वीरगन्ज महानगरपालिका २३ का ३६ वर्षीय सोनालाल प्रसाद कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगन्ज १३ राधेमाई चोकमा निर्वाध हिडडुल गरिरहेको समयमा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले कसुरदार कुशवाहालाई बुधबार राति नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक थापाले बताए।

फरार कुशवाहलाई लागुऔषध खैरो हिरोइन मुद्दामा दोषी ठहर गर्दै पर्सा जिल्ला अदालतले २०७१ साल बैशाख ४ गते कैद र जरिवाना तोकेको थियो। बिहीबार नै पर्सा जिल्ला अदालतमा बुझाई प्रक्रियागत कारवाही अगाडि बढाइने पर्सा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.