|
फाइल फोटो

धनगढी : नेपाली क्रिकेटकै सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण फागुनमा आयोजना हुने भएको छ।

आयोजक धनगढी क्रिकेट एकेडमीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डिपिएल फागुन पहिलो साताबाट सुरु हुने जनाएको छ। धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिता फागुन ३ देखि १५ गतेसम्म हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

विगतका वर्षमा जस्तै प्रतियोगितामा ६ शहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहने छ। प्रतियोगिताको तेस्रो संस्करणमा धनगढी स्टार्स, विराटनगर किंग्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्सले सहभागिता जनाउँदै आएका थिए।

तेस्रो संस्करणको उपाधि सिवाइसी अत्तरियाले जितेको थियो भने त्यसअघिका दुवै संस्करणको उपाधि घरलु टोली धनगढीले जितेको थियो। नेपाली फ्रेन्चाइजी क्रिकेटमा यो सर्वाधिक पुरस्कार राशि हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.