|

जनकपुरधाम :  धनुषामा सडक सम्याउने रोलरले किचिएर एक बालकको मृत्यु भएको छ। सडक निर्माणको क्रममा माटो मिलाउँदै गर्दा किचिएर बालकको मृत्यु भएको हो।

सडक बनाउने क्रममा शनिबार साँझ बा २ क २७७१ नम्बरको रोलरले किचिएर धनुषाको नगराइन गाविस बस्ने मदन यादवका ५ वर्षका छोरा प्रिन्सकुमार यादवको मृत्यु भएको हो। सडक सम्याउने क्रममा बालक एकाएक आएपछि किचिएर घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको विरोधमा आइतबार बिहान स्थानीयले सडक अवरुद्ध गर्दै बालकको शवसहित प्रर्दशन गरेका छन्। उनीहरुले मृतकको परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने र दोषीलाई कारबाहीको माग समेत गरेका छन्। जटही तुल्सीयाही सडक निर्माणको लागि रोशन कन्ट्रक्सनले ठेक्का लिएको छ। रोलरका चालक नियन्त्रणमा रहेको तथा घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.