अध्यक्ष भन्छन् ‘ओली सरकारले पैसा दिएन, मैले कहाँबाट दिनु’

|

सिन्धुपाल्चोक : जिल्लाका दुई स्थानीय तहको कमजोरीले ज्येष्ठ नागरिकको दशैं खल्लो हुने भएको छ। सिन्धुपाल्चोकका जिल्लाको सुनकोसी र त्रिपुरासुन्दरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा ज्येष्ठ नागरिकको दशैं खल्लो हुने भएको हो। 

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये १० स्थानीय तहले सामाजिक सुरक्षा वापतको रकम वितरण गरिसक्दा समेत दुई स्थानीय तहले भत्ता वितरण गर्न सकेका छैनन्। दशैं मनाउँनको लागि दैनिके ज्येष्ठ नागरिक भत्ता लिनका वडाकार्यालय आउने गरेको त्रिपुरासुन्दरी गाउँपालिका ३ का वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिए।

‘गाउँपालिकाले रकम सामाजिक सुरक्षा भत्ता माग गरेको रहेनछ। त्यसैले भत्ता लिन आउने ज्येष्ठ नागरिकलाई रित्तो हात फर्काउन बाध्य भएका छौँ’ उनले भने।सुनकोसी गाउँपालिकामा पनि वडा कार्यालयमा भत्ता लिन दैनिकजसो ज्येष्ठ नागरिक आइरहने गरेका छन्। सुनकोशी गाउँपालिकाले भने रकम माग गरे पनि निकासा नआउँदा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको बताइएको छ।

दुई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता माग नै नगर्दा ज्येष्ठ नागरिक दशैंअघि नै भत्ता पाउनबाट बञ्चित भएका हुन्। दशैंअघि रकम निकासा नहुँदा एकल र छुट्टिएर बसेका ज्येष्ठ नागरिकले दशैं कसरी मनाउने भन्नेमा समस्या थपिएको बताउँछन्। 

‘स्थानीय सरकार आएपछि जनताको सेवा सुविधा उपलब्ध हुन्छ भन्ने सोचेको थियौँ। तर, दशैंमा समेत भत्ता पाउँन छाडियो’ एक स्थानीय ज्येष्ठ नागरिकले भने, ‘भत्ताको पैसा नुन तेल किनेर दशैं मनाउँला सोचेको थियौँ। तर, अब कसरी दशैं मान्ने भन्ने समस्याले गाँजेको छ।’

यस्तो भन्छन् गाउँपालिका अध्यक्ष 

सामाजिक सुरक्षा भत्ता वितरण दशैंअघि किन वितरण गर्न सकिएन भन्ने थाहाकर्मीको प्रश्नमा गाउँपालिका अध्यक्षले श्रमणकुमार जिसीले भने, ‘यो पालिकामा कांग्रेसले जितेको हो। त्यसैले कम्युनिष्ट (ओली) सरकारले पैसा दिदैन। कहाँबाट ल्याएर दिनु मैले?’

सामाजिक सुरक्षा भत्ता वितरणमा समेत कम्युनिष्ट सरकारले कसरी रोक्यो भन्ने प्रश्नमा उनले भने,' तपाइँले मैले जे भने त्यही लेखी दिनुहोस्।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.