|

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले युकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा आंट्रप्रन्योर नेपालसँग सहकार्य गर्दै भक्तपुरको कमलबिनायकमा बैंकिङ साक्षरता कार्यक्रम संचालन गरिएको छ।

उक्त कार्यक्रम साना तथा मझौला व्यापारीलाई विशेष गरी बैंकिङ कर्जासम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो। कार्यक्रममा त्यस क्षेत्रका ४० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए।

देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि बैंकले यस किसिमका वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै जाने बताएको छ।

बैंकले देशभर १६७ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टरसहित), १०१ शाखारहीत बैंकिङ सेवा, १८२ एटिम र १ हजार ५०० भन्दा बढी पिओएस मेसिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.